काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित प्रथम न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘बालेनजीले आफ्नो कुरा राख्दै गर्दा सरकारको निरन्तरताको कुरा गर्नुभयो। स्थानीय तहको निर्वाचनपछि प्रदेश र संघको निर्वाचन सम्पन्न गर्यौं। त्यसपछि सरकार निरन्तर एउटै छ। मेरो नेतृत्वमा सरकार छ। मलाई विश्वास छ, यो सरकार पाँच वर्षसम्म जान्छ।’
उनले सरकार फेरिराख्ने कुरा नहुनेमा विश्वस्त रहन आग्रह गरे। उनले आफूले नै नेतृत्व गरेको आन्दोलनको बलमा तीन तहको सरकार बनेको दाबी गरे। स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचन सम्पन्न भइसक्दा आफूलाई खुसी लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जग बलियो भयो भने सम्पूर्ण परिवर्तनको प्रक्रिया सुदृढ हुने धारणा राखे।
स्थानीय तहका जनप्रतिनिधिहरु गम्भीर हुनुपर्नेमा जोड दिँदै उनले स्थानीय तहमा हुने विवाद समाधान र निरुपणका लागि स्थानीय तहकै भूमिका महत्वपूर्ण हुने बताए। न्यायिक समितिमार्फत हुने न्याय निरुपणले सामाजिक एकता र सद्भावमा वृद्धि हुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।