काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले भएका सभ्यताहरुको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन्। बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त धारण राखेका हुन्।
केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने उनले बताए। कामनपाले वागमती सभ्यता जोगाउन पहल गरिरहेको भन्दै मेयर बालेनले सरकारले यसमा सहज बनाइदिनुपर्ने उल्लेख गरे। उनले भने, ‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ।’
बालेनले थपे, ‘बागमती सभ्यता जोगाउन खोज्दैछौँ। यो मान्छेभन्दा अघिको सभ्यता हो। त्यसको लागि हिजो मात्रै अनुरोध गरेको थिएँ, पहिला भएका सम्पत्ति जोगाउँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला।’
मेयर बालेनले न्यायिक समितिले सरकार सिंहदरबारमा मात्रै नभई पालिकापालिकामा छ भन्ने अनुभुति नागरिकलाई दिलाउन सक्नुपर्ने बताए। न्याय भनेको केन्द्रमा मात्रै होइन, पालिका–पालिकामा छ भन्ने कुरालाई वास्तविकतामा उतार्नपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।