काठमाडौं- सत्तारुढ दलहरुको बुधबार बिहान बसेको बैठक विना निष्कर्ष सकिएको छ। बिहान १० बजेदेखि बालुवाटारमा बसेको बैठक १२ बजे सकिएको हो।
मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न हिजोदेखि छलफल सुरु गरेका सत्तारुढ दलहरुको बीचमा सहमति जुट्न सकस परिरहेको छ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले बिहानको बैठक मुख्यगरी न्यूनतम साझा कार्यक्रममा केन्द्रित रहेको र दिउँसो तीन बजे बस्ने बैठकले त्यसलाई टुंग्याउने बताए।
‘अहिले ३ बजे पुन: बस्ने गरी छुटेका छौं,’ लेखकले भने, ‘दिउँसो बस्दा सबै दलहरुले न्यूनतम साझा कार्यक्रममा थप्ने र हटाउने कुराहरु ल्याउने कुरा भएको छ। त्यसपछि न्यूनतम साझा कार्यक्रम अन्तिम रुप लिन्छ।’
उनले सरकारको न्यूनतम तथा साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि मन्त्रिपरिषद् विस्तारको टुंगो पनि लाग्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।