काठमाडौं- मिटरब्याज पीडितहरुलाई भेट्न पुगेका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग एक बालिकाले सवाल-जवाफ गरेकी छिन्। न्याय नपाएको भन्दै उनलले उपप्रधानमन्त्री श्रेष्ठलाई प्रश्न गरिन्- अदालत केका लागि बनाएको?
उपप्रधानमन्त्री श्रेष्ठले न्यायका लागि भनेर जवाफ दिए। तर ती बालिकाले प्रतिप्रश्न गरिन्- अदालतले त आजकाल घुस खान्छ!
उपप्रधानमन्त्री श्रेष्ठले घुस खानेलाई पनि कारबाही गर्ने भन्दै बालिकालाई थमथम्याउन खोजे। ती बालिका रोकिइनन्। उनले मिटरब्याजीहरुले आफूलाई धाक-धम्की दिने तर कारबाही नहुने भन्दै प्रश्न गरिरहिन्। आफू समेत असुरक्षित रहेको उनको अवोध प्रश्नमा सुनिन्थ्यो। उपप्रधानमन्त्री श्रेष्ठ 'तिमीलाई सुरक्षा सुनिश्चिजत' भन्दै पन्छिन खोजे।
१२ दिन हिँडेर काठमाडौं पुगेका मिटरब्याज पीडितहरुले तीन दिनदेखि काठमाडौंमै आन्दोलन गरिरहेका छन्। सरकारले मिटरब्याजलाई अपाराध करार गर्ने कानुन बनाउने निर्णय गरेको छ र उनीहरुसँग संवाद गर्न टोली समेत बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।