काठमाडौं– आज (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकका सम्भावित २ कार्यसूची छन्।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेस गर्नेछन्।
यस्तै, बुधबारको प्रतिनिधि सभा बैठकमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पेस हुने कार्यसूची छ। सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उक्त विधेयकमाथि विचार गरियोस् भनेर प्रस्ताव पेस गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।