• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कसैलाई किन हुन्छ एन्जाइटी डिसअर्डर?

डा अनन्त अधिकारी बुधबार, चैत १५, २०७९  ०८:१९
1140x725

एन्जाइटी डिसअर्डर एक मानसिक अवस्था हो। मानसिक स्वास्थ्य अवस्थामध्ये एन्जाइटी सबैभन्दा आम रूपमा देखिने गर्छ। यो अवस्थामा अत्यधिक डर, त्रास र चिन्ता पैदा हुन्छ। एन्जाइटी हुँदा केही नराम्रो भइहाल्छ कि जस्तो लाग्ने, सामान्य खालको समस्यालाई ठूलो तरिकाले रियाक्ट गर्ने, चिट्चिट् पसिना आउने, मुटुको धड्कन बढ्ने, ब्लड प्रेसर बढे जस्तो हुने जस्ता लक्षण देखा पर्छन्।

लक्षणहरू
शारीरिक लक्षण– हातमा चिट्चिट् पसिना आउने, तातो या चिसो महसुस हुने, मुख सुक्खा हुने, मुटु ढुकढुक हुने, वाकवाक लाग्ने, शरीर दुख्ने–पोल्ने, शारीरिक जाँच गर्दा रिपोर्टमा केही नदेखिने, मांसपेसीमा तनाव उत्पन्न हुने, पोल्ने–दुख्ने, श्वास भरिए जस्तो हुने, घाँटीमा केही अड्किए जस्तो हुने, श्वासप्रश्वास नपुगे जस्तो हुने तर अक्सिजन हेर्दा सामान्य हुने।

मानसिक लक्षण– प्यानिक महसुस गर्ने, डराउने, असहज हुने, नराम्रो सपना देख्ने, एक मात्रै सोच आइरहने, केही नराम्रो हुँदैछ जस्तो महसुस हुने, पुराना कुराहरुको सम्झना आइरहने।

व्यावहारिक लक्षण– शान्त र स्थिर भएर बस्न नसक्ने, छटपट हुने, हिँड्ने–बस्ने गरिरहने, हात–खुट्टाचलाइरहने, कुराहरू दोहोर्‍याउने, निन्द्रा नलग्ने, लागिहाले पनि गाह्रो हुने।

यस्ता लक्षणहरूले गर्दा मानिसको दैनिक जीवनयापनमा असहज हुने, आफ्नो परिस्थितिहरुसँगको प्रतिक्रियालाई कन्ट्रोल गर्न नसक्ने, धेरै रियाक्ट गर्ने लगायतको अवस्थालाई एन्जाइटी डिसअर्डर भनिन्छ।

एन्जाइटी डिसअर्डर बालबालिकादेखि बुढाबुढी जसलाई पनि हुन सक्छ। तर विशेष गरी लजालु स्वभाव भएका र खुलेर कुरा नगर्नेहरूमा यसको जोखिम बढी हुन्छ। साथै, हुर्काइको क्रममा तनावग्रस्त वातावरण झेलेर/सहेर आएका, ठूलो शारीरिक तथा मानसिक ट्रमा भोगेका, परिवारमा बुबा–आमामा एन्जाइटीको हिस्ट्री छ भने पनि जोखिम बढी हुन्छ।

त्यसैगरी, लागूपदार्थ दुर्व्यसनीमा भएका, रक्सी खानेहरू, अन्य किसिमका शारीरिक रोग भएका, जस्तैः थाइरोइड, मधुमेह भएकाहरूमा पनि यसको जोखिम बढी हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

केटा मान्छेमा भन्दा केटी मान्छेमा यो समस्या बढी देखिन्छ। हर्मोनल कारण तथा समाजमा महिलाहरू परिवारबाट बाहिर निस्किन नसक्ने, रोग लागिहाले पनि उपचारबाट वञ्चित हुने कारणले गर्दा यस्तो भएको हुन सक्छ।

एन्जाइटीका प्रकार
एन्जाइटी डिसअर्डर फरकफरक प्रकारका छन्। लक्षणहरू उस्तैउस्तै भए तापनि मुलभूत कुराहरू अलिअलि फरक हुन्छन्।

जनरलाइज एन्जाइटी डिसअर्डर– सबैभन्दा आम मानिने जिएडी अर्थात् जनरलाइज एन्जाइटी डिसअर्डर हो। यो अवस्थामा हरेक कुराले मानिसलाई चिन्ताग्रस्त बनाउँछ। अगाडि भएका हरेक कुराले एन्जाइटीलाई ट्रिगर गर्छ। उदाहरणका लागि, बाटोमा हिँडिरहेको अवस्थामा गाडीले हान्ने हो कि, कसैले केही गर्ने हो कि लगायतका सोच आउँछ। यी लक्षणहरू लामो समयसम्म रहिरहन्छ र बिरामीलाई दुःख दिइरहन्छ। यसमा शारीरिक लक्षणहरू पनि हुन्छन्। जसमा शरीर दुख्ने, पोल्ने, थकाइ लाग्ने, छटपटाउने लगायत हुन्छन्।

प्यानिक एन्जाइटी डिसअर्डर– यसमा एकदमै जटिल लक्षणहरू देखा पर्छन्। प्यानिक हुँदा बिरामीलाई मृत्युलाई नजिकबाट अनुभव गरे जस्तै हुन्छ। यो अवस्थामा बिरामीलाई निकै गाह्रो हुन्छ। चिट्चिट् पसिना आउने, श्वास रोकिए जस्तो हुने, मुटुको ढुकढुक ज्यादै बढ्ने, मुटु सम्बन्धी समस्या भयो कि भनेर कति मान्छेहरू अस्पताल समेत पुग्छन्। यो एपिसोडमा आउँछ र आधा घण्टा जतिपछि विस्तारै कम हुँदै जान्छ। यसका लक्षण देख्दा बिरामीहरू मुटुको रोगसँग सम्बन्धित हो कि भनेर डराउने, आत्तिने हुन्छन्।

Xtrem

Xtrem

एगोराफोबिया डिसअर्डर– यसका लक्षणहरू समस्या सजिलै बाहिर निस्किन नमिल्ने ठाउँहरू, भीडभाड, सजिलै कसैको सहयोग नपाइने ठाउँहरूमा आउँछन्। जस्तोः लाइनमा बस्दा, ट्रेन या बसमा यात्रा गर्दा, सार्वजनिक भेलाहरूमा बिरामीलाई डर लाग्ने, प्यानिक हुने हुन्छ।

सोसल एन्जाइटी डिसअर्डर– यसका लक्षणहरू सार्वजनिक स्थानहरूमा देखा पर्छन्। त्यस्ता स्थानमा बोल्ने समयमा, कसैको अगाडि केही बोल्नु छ भने या अन्य क्रियाकलाप गर्दा राम्रो हुने हो कि नहुने हो भन्ने खाले डर, मान्छेले के भन्लान्, के सोच्लान् भन्ने डर हुन्छ।

सेप्रेसन एन्जाइटी डिसअर्डर– यो प्रायः बच्चामा देखा पर्ने डिसअर्डर हो। अभिभावकबाट छुट्टिनु पर्दा, टाढिनु पर्दा मेरो बाबा/आमाले मलाई एक्लै पार्छन् कि भन्ने खाले डर, फर्केर आउँदैनन् कि, कसैले केही गर्दिन्छ कि भन्ने खाले डर आउनु सेप्रेसन एन्जाइटी डिसअर्डर हो।

हेर्दा सामान्य भए पनि एन्जाइटीले मानिसलाई धेरै दुःख दिन्छ। धेरैजसोले यो समस्या हो भनेर समेत थाहा पाउँदैनन् र यत्तिकै बसिरहेका हुन्छन्। नेपाली समाजमा यो समस्यालाई लिएर धेरै भ्रमहरू समेत छन्। मानिसले यस्ता खालका समस्या भएकाहरूलाई काँतर, डरछेरुवा लगायतका उपनाम दिन्छन्। त्यो एकदमै गलत हो। एन्जाइटी कुनै कमजोर मानसिकताको उपज होइन।

कुनै पनि व्यक्तिले आफ्नो जीवनकालमा कुनै न कुनै समय एन्जाइटीको समस्या महसुस गरेका हुन्छन्। लगभग ३० प्रतिशत किशोर–किशोरीले आफ्नो जीवनकालमा यो समस्या अनुभव गरेकै हुन्छन्।

कारण
एन्जाइटी डिसअर्डर विभिन्न कारणले हुन सक्छ। मानिसलाई एन्जाइटी हुन फरकफरक कुराले ट्रिगर गर्छ। यसको एउटा मुख्य कारण न्युरो केमिकल असन्तुलन हो। दिमागमा हाम्रो सोच, मुड लगायतका कुरालाई कन्ट्रोल गर्ने केमिकलमा तलमाथि आउँदा एन्जाइटी हुन सक्छ। साथै, सानो उमेरमा भोगेका ट्रमा, हिंसा, सामाजिक समस्याहरू, दुर्व्यसन र वंशाणुगत कारणले एन्जाइटी हुन्छ।

उपचार
एन्जाइटीको दुई प्रकारको उपचार पद्धति हुन्छ। एउटा साइकोथेरापी (मनोवैज्ञानिक उपचार पद्धति) र अर्को फर्माको थेरापी अर्थात् औषधि उपचार।

एन्जाइटीको उपचारपछि मानिसहरू सामान्य जीवनमा फर्किन सक्छन्। नेपाली समाजमा एन्जाइटीको एक पटक औषधी गरेपछि जीवनभर गरिरहनुपर्छ भन्ने भ्रम छ।

एन्जाइटी हुनबाट जोगिन त्यसलाई ट्रिगर गर्ने अवस्थाहरूबाट टाढा बस्ने, स्वस्थ जीवनशैली जिउन कोसिस गर्ने, मद्यपान र धूमपान नगर्ने, तनावग्रस्त जीवनलाई सहज बनाउने, आफूलाई समय दिने, साथीहरूसँग कुरा सेयर गर्ने, सिर्जनात्मक कामहरू गर्ने, गफ गर्ने, खानपिनमा ध्यान दिने, कफी लगायत पेय पदार्थ लिमिटमा खाने, केही समस्या भयो भने अस्पताल जाने गर्नुपर्छ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्