काठमाडौं- फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशवराज झाको छुरा प्रहार गरी हत्या भएको छ। ८० वर्षीय झाको काठमाडौंको थापाथली स्थित आफ्नै निवासमा छुरी प्रहार गरी हत्या भएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार टाउकोमा छुरी प्रहार भएको अवस्थामा उनलाई आज बिहान आफ्नै निवासमा भेटिएको थियो।
उनको शवलाई पोष्टमार्टमका लागि केहीबेरमा त्रिवि शिक्षण अस्पतालमा लगिने बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झाले परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल रहेरसमेत काम गरेका थिए। उनी फ्रान्सको राजदूत भएसँगै सहसचिव पदबाट सेवा निवृत्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।