काठमाडौं– मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धन दलहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कुनै सहमित हुन सकेन। बैठक फेरि बुधबार बिहान ९ बजे बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
यस्तै आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रस्तुत गरिएको छ। त्यसमा दलहरुले आन्तरिक छलफल गरेर बुधबार टुंग्याउने उनले बताए।
स्रोतका अनुसार आजको बैठकमा नेपाली कांग्रेसले ९, एकीकृत समाजवादी र जसपाले तीन/तीन र लोसपाले दुई मन्त्रालयमा दाबी गरेका छन्। आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी भने सहभागी भएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।