फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो उमेरको तुलना गर्दै आफू बुढो नभएको बताएका छन्। उनले आफू देउवाभन्दा १० वर्ष कान्छो भएको समेत उल्लेख गरेका छन्।
मंगलबार मिसन ग्रास रुट अभियान पाल्पालाई सम्बोधन गर्दै उनले भने, ‘काम गरेको एमाले सरकारमा नहुने। टिकटकमा यसो एक/दुई पटक चटके कुरा गरेको भरमा मन्त्री हुने? कति वर्षदेखि कस्ताकस्ता काम गरेका मान्छे मन्त्री भएका छैनन्। युवा एमालेमा छैनन्? एमाले युवामय छैन? एमालेबाट युवा उठायो भने केटाकेटी उठायो भन्छन्।’
अध्यक्ष ओलीले न्याय फरक फरक भएको बताउँदै देउवा ८० वर्ष पुग्दा पनि कसैले बुढो नभनेको तर आफूलाई भने बुढो भन्ने गरिएको टिप्पणी गरे।
‘म रातदिन हिँडिराखेको छु। फेरि पनि मलाई बुढो भनिदिन्छन्। उहाँ (देउवा)भन्दा म १० वर्ष कान्छो छु। यस्तै इन्साफ राजनीतिमा पनि छ।’
उनले युवाहरु राजनीतिमा आउनु पर्ने तर, बिना योगदान हावाका भरमा राजनीति नहुने भन्दै हावा भरमा नकुद्का आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।