काठमाडौं- मन्त्रालयको बाँडफाँट टुंग्याउन सत्ता साझेदार दलहरूको बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक हप्ता भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।
सत्ता साझेदार ११ दलमा मन्त्रालय र मन्त्रालयको संख्यामा विवाद हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो। मंगलबारको बैठक निर्णायक बनाउने पूर्वतयारी छ।
सत्ता साझेदार सबै दलका शीर्ष नेताहरूको छलफल बोलाउनुअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए।
त्यही छलफलपछि यो बैठक बोलाइएको हो। मन्त्रालय बाँडफाँट मंगलबार नै टुंगिएमा बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।