काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुको नाम माग्ने बित्तिकै आफूहरु मन्त्रीको नाम पठाउन तयार रहेको एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन्।
मंगलबार बसेको सचिवालय कमिटीको बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले उक्त कुरा बताएका हुन्।
‘सरकारमा सहभागिताको विषयमा व्यापक छलफल गर्यौं। जति चाँडो प्रधानमन्त्रीले नाम माग्नुहुन्छ, हामी त्यति चाँडो निर्णय गरेर दिनेछौँ,’ खतिवडाले भने, ‘तर सिट बाँडफाँटको अन्तिम टुङ्गो लागिनसकेकोले नामहरु दिन ढिलाइ भएको हो।’
नेकपा एसले कम्तीमा पनि तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।