काठमाडौं– उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेट्न सर्वोच्च अदालत पुगेका छन्। उनी आकस्मिक रूपमा सर्वोच्च अदालत पुगेका हुन्।
सर्वोच्च अदालत प्रशासनका अनुसार भेटघाटको कुनै कार्यतालिका तय भएको थिएन। विकास निर्माणका मुद्दामा अन्तरिम आदेशका कारण समस्या भएको भन्दै गुनासोसहित यस्ता मुद्दालाई प्राथमिकता राखेर सुनुवाइ गरिदिन श्रेष्ठले आग्रह गर्ने तयारी गरेका छन्।
कामु प्रधान्यायाधीश कार्कीसँग भेटेर उनले विकास निर्माण खासगरी सडक, पुल र अन्य विकास आयोजनासँग जोडिएका विषयमा कुरा गर्नेछन्।
यी विषयमा अन्तरिम आदेश भएका तर, लामो समयसम्म सुनुवाइ नभएर समस्या आएको भन्दै अदालतको पनि आलोचना हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।