काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्नेलाई गिरफ्तार गरेर जेल चलान गरिएको भन्दै नेपाली कांग्रेसका महामन्त्री विशवप्रकाश शर्माले आपत्ति जनाएका छन्।
शर्माले ती युवाहरुलाई तत्काल रिहा गर्न माग समेत गरेका छन्। केही दिन अघि प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवालाई प्रहरी मुख थुन्दै समातेको थियो।
ती युवाहरुलाई सोमबार मात्र जिल्ला अदालतले मागेको धरौटी नतिर्ने भएपछि कारगार चलान गरिएको छ। सोही विषयलाई लिएर महामन्त्री शर्माले आपत्ति जनाएका हुन्।
‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद् र आपत्तिजनक थियो,’ शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका हुन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू! आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न र गराउन अविलम्ब पहलको माग गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।