काठमाडौं- मिटरब्याज पीडितसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट्ने तयारी गरेका छन्।
११ दिन लगाएर महोत्तरीबाट काठमाडौं आइपुगेका उनीहरूका मागका विषय बुझ्ने चार सदस्यीय टोली गठन गरिएको छ।
उक्त टोलीमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर दंगाल रहेका छन्।
चार सदस्यीय टोलीले भेटेपछि मिटरब्याज पीडितसँग प्रधानमन्त्रीले भेट्ने समय तय गरिने बताइएको छ।
मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट मिटरब्याज पीडितको माग सम्बोधन गर्ने गरी तयार भएको विधेयकलाई संसद्मा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्विकृति प्रदान गर्ने पनि जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।