काठमाडौं– नामिबियामा जारी आईसीसी विश्वकप क्वालिफायर प्लेअफमा संयुक्त अरब ईमिरेट्स (यूएई) र क्यानडाले विजयी सुरुवात गरेका छन्। यूएईले पपुवा न्युगिनी (पीएनजी)लाई हरायो भने क्यानडाले जर्सीमाथि रोमाञ्चक जित निकाल्यो।
पपुवा न्युगिनीमाथि जित निकाल्दै युएईले एकदीवसीय मान्यताको सम्भावना मजबुत बनाएको छ।
पहिले ब्याटिङ गरेको यूएईले पीएनजीलाई जितका लागि २६१ रनको मध्यम लक्ष्य दिएको थियो। पपुवा न्युगिनी ४८.३ ओभरमा २३९ रनमा अल आउट भयो।
पीएनजीका ओपनर किप्लिङ डोरिगाले ७१ बलमा ७ चौका र ४ छक्कासहित ७३ रनको उत्कृष्ट इनिङ खेले पनि हार भने टार्न सकेनन्। अर्का ओपनर टोनी उराले ५६ बलमा ६ चौका र १ छक्कासहित ५६ रन जोडे। तर, मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा पीएनजी यूएईसँग पराजित भयो।
२५.३ ओभरसम्म ५ विकेट गुमाएर १६३ रन बनाएको पीएनजीका सेसे बाउ ७, असद भाला १, चाल्स अमिनी १५ र नर्मन भानुवा ० रनमा आउट भए। यस्तै, गौडी टोका २० र राइली हेकुरै ११ रनमा आउट भए।
२५.३ ओभरमा १६३-५ को बलियो अवस्थामा रहेको पिएनजीका लागि सेसे बाउ ७, असद भाला १, चाल्स अमिनी १५ र नर्मन भानुवा शून्य, गौडी टोका २० र राइली हेकुरे ११ रनमा आउट भएपछि पराजित हुन बाध्य भयो।
युएईका कार्तिक मयाप्पनले सर्वाधिक ४ विकेट लिए। जाहुर खानले ३ विकेट लिँदा रोहन मुस्तफा, आयन र जुनैद सिद्दिकले समान एक-एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २६० रनको योगफल बनाएको थियो। यूएईका लागि कप्तान मोहम्मद वासिमले १०६ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ९६ रन बनाए। यस्तै, आयन खान ९४ बलमा ९ चौका र ३ छक्कासहित ९४ रनमा अविजित रहे।
आयन लाक्राले ६ रन बनाउँदा वृत्य अरविन्द गोल्डेन डक, रमिज शाहजाद ८ र आसिफ खान ६ रनमा आउट भए। सातौं विकेटका लागि आयन खान र कार्तिक मयाप्पनले ९० रनको सानदार साझेदारी गरेका थिए। कार्तिक ३६ बलमा १ चौकासहित २४ रनमा आउट भए।
पपुवा न्युगिनीका चाद सोपरले सर्वाधिक ४ विकेट लिएका थिए। सेमा कमियाले २ विकेट हात पारे।
प्रतियोगिताको अर्को खेलमा क्यानडाले जर्सीमाथि ३१ रनको रोमाञ्चक जित हात पार्यो। क्यानडाले दिएको २३९ रनको विजयी लक्ष्य पछ्याएको जर्सी ४७.५ ओभरमा २०७ रन बनाउँदै अलआउठ भयो।
जर्सीका जोश लरेन्सनले सर्वाधिक ६६ रन बनाए। यस्तै, निकोलस ग्रीनवुडले ५९ रन बनाए। मध्यक्रम र तल्लोक्रमका ब्याटरहरु नचल्दा ओडीआईको डेब्यु खेलमै जर्सी पराजित हुन पुग्यो। आइसीसीले प्लेअफका सबै खेललाई ओडीआई मान्यता दिएपछि जर्सीले डेब्यूको मौका पाएको हो।
जर्सीविरुद्ध क्यानडाका कप्तान साद बिन जाफर र जेरेमी गोर्डनले समान ३-३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।