काठमाडौं- नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट मन्त्रीमण्डलमा पठाउनेहरुको नाम तय गरेको छ। उक्त पार्टीका एक नेताका अनुसार पार्टीलाई प्राप्त हुने दुई मन्त्रीको नाममा आन्तरिक रुपमा सहमति जुटेको छ।
पार्टीका तर्फबाट नेतृत्व गरेर उपाध्यक्ष एवं संस्थापक महासचिव बेदुराम भुसाल जाने भएका छन्। उनी हालसम्म मन्त्री भएका छैनन्। उनलाई सरकारमा पठाउने निश्चित गरेरै उनलाई उपाध्यक्ष बनाएर महासचिवको जिम्मेवारी घनश्याम भुसालले प्राप्त गरेका हुन्।
पहिलो चरणमा मन्त्री बन्ने अर्को नाम हो प्रकाश ज्वाला। सल्यानबाट निर्वाचित ज्वाला यसअघि कर्णाली प्रदेशमा अर्थमन्त्री बनेका थिए। संघीय सरकारको मन्त्री बन्ने मौका नपाएका उनलाई पनि पहिलो चरणमा अवसर दिने एकीकृत समाजवादीको शीर्ष तहमा सहमति जुटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।