• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मर्यादाक्रमको अमर्यादा: फुलकोर्टबाट आफ्नो धारणा सार्वजनिक गर्ने सर्वोच्चको तयारी

64x64
नेपाल लाइभ सोमबार, चैत १३, २०७९  १६:३२
1140x725

काठमाडौं– २०७५ चैत २० देखि २२ गतेसम्म भएको न्यायाधीशहरूको तेस्रो राष्ट्रिय सम्मेलनले एउटा बुँदा जोडदार रुपमा उठाउँदै घोषणापत्रमा समावेश गर्‍यो। 

न्यायाधीशहरूको मानमर्दन हुनेगरी मर्यादाक्रम तल–माथि पारिएको भन्दै उनीहरुले आपत्ति जनाए। उक्त सम्मेलनले यसरी न्यायाधीशको मर्यादाक्रम अस्थिर बनाउने काम नगर्न आग्रह गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताअनुरूप न्यायाधीशको उपयुक्त मर्यादाक्रम निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराउने प्रस्ताव पारित गरेको थियो।

२०७५ पुस २६ गते नयाँ मर्यादाक्रमको वरीयता सार्वजनिक भएको थियो। उक्त मर्यादाक्रममा प्रश्न उठाउँदै न्यायाधीश सम्मेलनले नै प्रस्ताव पारित गरेको थियो। राष्ट्रपति र उपराष्ट्रपतिलाई मर्यादाक्रममा पहिलो र दोस्रो एवं सरकारका ३ अंगमध्ये कार्यपालिका प्रमुख प्रधानमन्त्रीलाई तेस्रो स्थानमा राखिएको थियो।

चौथो स्थानमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई राखिएको थियो। यसअघि प्रधानन्यायाधीश चौथो क्रममा र उनीहरुलाई पाँचौ स्थानमा राख्ने गरिएको हो। यसबाट स्वतन्त्र न्यायपालिका प्रमुख प्रधानन्यायाधीशका लागि यसअघि अंगीकार गरिएको मर्यादाक्रमलाई अवमूल्यन गरिएको भन्दै आलोचना भएको थियो।

सरकारका ३ अंगका प्रमुखका पद समान हुन् भनि तर्क गर्ने हो भने प्रधानमन्त्रीलाई मात्र एक तहमाथि छुट्टै नराखी प्रधानन्यायाधीश एवं संघीय संसद्का प्रमुखहरूसँगै एउटै लहरमा राखिनुपर्ने आवाज उठ्दै आएको थियो।

उक्त विवाद फेरि सुरु भएको छ। राष्ट्रिय सभामा सत्ता पक्षका केही सांसदहरुले राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गैर सरकारी अन्तर्गत दर्ता गरेपछि विवाद सुरु भएको छ। राष्ट्रिय सभाका सांसदहरु गोपीबहादुर सार्की, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, प्रकाश पन्थ, प्रमिला कुमारी, बेदुराम भुसाल, रमेशजंग रायमाझी र शेखरकुमार सिंहसहितका सांसदहरुले विधेयक दर्ता गराएका हुन्।

उनीहरुले दर्ता गरेको विधेयक आइतबार संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा पेस गरियो। राष्ट्रिय सभामा उक्त विधेयक टेबल पनि भएको छ। अर्को बैठकले उक्त विधेयकको विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने छ। त्यसपछि विधेयकमाथि संशोधन सुरु हुने छ। राष्ट्रिय सभाबाट उत्पत्ति भएकाले उक्त विधेयक प्रतिनिधि सभामा पनि आउने छ। दुवै सदनबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुने छ।

सभामुख र राष्ट्रिय सभा अध्यक्षभन्दा तल प्रधानन्यायाधीश
नयाँ विधेयकले विगतमा भएको आलोचनालाई सच्चाउनुको साटो अझै  तल राखिएको छ। प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षभन्दा तल्लो वरीयतामा राखिएको छ। नयाँ विधेयकले कानुनको रुप लिएमा प्रधानन्यायाधीश पाँचौं स्थानमा रहनेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

मर्यादाक्रम अंग्रेजी ‘अर्डर अफ प्रिसिडेन्स’को नेपाली अनुवाद हो। यो खासगरी राज्यद्वारा आयोजित विशेष समारोह, कूटनीतिक कार्यक्रम वा राज्यका तर्फबाट प्रदान गरिने उपाधि, मानपदवी, अलंकार, तक्मा, पुरस्कारहरूको सुशोभन गरिने औपचारिक समारोहहरूमा एवं अदालती कामकारबाहीमा प्रयोग गरिन्छ।

प्रस्तावित विधेयकमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशलाई वरीयता नै तोकिएको छ। यसअघि वरिष्ठतम न्यायाधीश सातौं नम्बरमा राखिएको थियो। उपप्रधानमन्त्रीसँगै राखिएको थियो। तर प्रस्तावित विधेयकमा १० औं नम्बरमा सर्वोच्चको न्यायाधीशलाई राख्न प्रस्ताव गरिएको छ।

कार्यपालिकाको निर्णय र व्यवस्थापिकाले बनाएको कानुनसमेत पुनरवलोकन गर्ने अधिकार पाएका न्यायाधीशहरुलाई संघीय संसद्‌मा पूर्व पदाधिकारी, प्रदेशका पूर्व सभामुख र नेपाल रत्न पाउनेहरुसँगै एउटै मर्यादामा राखिएको छ। त्यस्तै उच्च अदालतको न्यायाधीशलाई सचिवभन्दा तल्लो मर्यादामा राखिएको छ।

उनीहरुलाई १७ औं नम्बरमा राखिएको छ। जिल्ला न्यायाधीशलाई भने नगरपालिका प्रमुख र उपप्रमुखभन्दा मुनि राखिएको छ। जिल्ला न्यायाधीशहरुलाई १९औं नम्बरमा राखिएको छ। जिल्लाको समग्र मुद्दा हेर्ने जिल्ला न्यायाधीशलाई नगर, गाउँपालिका प्रमुखभन्दा मुनि राख्नु गलत भएको जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले बताए।

Xtrem

Xtrem

नगरको उपप्रमुख न्यायिक समितिको नेतृत्व गर्दै गरेको निर्णय पुनरवलोकन गर्ने न्यायाधीशहरुलाई उनीहरुभन्दा तल्लो मर्यादाक्रमा राख्नु भनेको अपमान हुने उनको टिप्पणी छ।

सर्वोच्चका न्यायाधीशको असन्तुष्टि, फुलकोर्ट बोलाउन प्रधानन्यायाधीशलाई आग्रह 
गैरसरकारी विधेयकको रुपमा राष्ट्रिय सभामा पेस भएर अघि बढेपछि सर्वोच्च अदालतका न्यायाधीशहरुले सोमबार बिहान कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेका छन्।

उनीहरुले प्रधानन्यायाधीश, न्यायाधीश, उच्च अदालतको न्यायाधीश र जिल्ला न्यायाधीशको मर्यादाक्रम तोक्नेगरी आउन लागेको विधेयकको प्रस्तावित व्यवस्था आपत्तिजनक भएको कुरा उठाए। उनीहरुले सुरुमा तेस्रोमा रहेको पछि विस्तारै पाँचौंमा पुर्‍याउने अनि न्यायाधीशहरुलाई पनि होच्चाउने गरी मर्यादाक्रममा राखेको बताएका छन्। 

उनीहरुले कामु प्रधानन्यायाधीश कार्कीलाई फुलकोर्ट राखेर आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने र सरकारलाई पनि अहिले नै विधेयक सच्चाउन दबाब दिनुपर्ने माग गरेका छन्। कार्कीले फुलकोर्ट बोलाउनेबारे छलफल गरेर निर्णय गर्ने आश्वासन दिएका छन्। सर्वोच्च उच्चस्रोतका अनुसार मंगलबारसम्म फुलकोर्ट बसेर आफ्नो धारणा सार्वजनिक गर्ने र सरकारलाई लेखेर पठाउने तयारी प्रधानन्यायाधीशको सचिवालयले गरेको छ।

सर्वोच्चका एक न्यायाधीशले बजेट पनि कम दिने, न्यायाधीशहरुको तलब घटाउनेदेखि कार्यकारीले पटक–पटक आफूहरुलाई होच्चाउने कार्य गरेकाले यो मान्य नहुने बताए। न्याय सम्पादनमा खटिएका र सार्वजनिक रुपमा बोल्दै हिँड्न नमिल्ने भएकाले न्यायाधीशहरुलाई हेपिएको हुनसक्ने भन्दै त्यसमा फुलकोर्ट बसेर आफूहरुले सशक्त रुपमा प्रतिवाद गर्ने ती न्यायाधीशले बताए।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? मन्त्रालयले मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। सम्भावित विपद्का बेला उद्धार... बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्... बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न भनेका हुन्। बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्