काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र कांग्रेस सभापतिबीच मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल भएको हो।
मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारुढ दलहरुको बीचमा सकस देखिएको बेला प्रधानमन्त्रीले कांग्रेस सभापति देउवासँग छलफल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।