काठमाडौं– सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मंगलबार बिहान ९ बजे, पार्टी मुख्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने अपेक्षा गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधि सभाबाट विश्वासको मत लिएर पनि मन्त्रिपरिषद् विस्तारको काम भने अगाडि बढ्न सकेको छैन।
गठबन्धनका दलहरुलाई मन्त्रालय भागबण्डाको विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार सकसपूर्ण बन्दै गएको छ।
कांग्रेसले ७ देखि ८ वटा मन्त्रालय लिएर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने जनाएको छ। मन्त्रीहरुका आकांक्षी धेरै हुँदा कांग्रेसबाट मन्त्री टुंग्याउने विषय सकसपूर्ण बन्दै गएको छ।
कांग्रेसमा पार्टीको नेतृत्व गरेर सरकारमा जाने विषयमा पनि नेताहरुबीच हानथाप छ। संस्थापन इतर पक्षका नेताहरुले पनि मन्त्री बनाउँदा सम्माजनक सहभागिताको दाबेदारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।