• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रालय बाँडफाँटको हिसाब मिलाउँदै प्रधानमन्त्री, प्रमुख मन्त्रालयमा साना दलको दाबीले सकस

64x64
नवीन झा आइतबार, चैत १२, २०७९  २१:२७
1140x725

काठमाडौं– लामो समयदेखि १६ वटासम्म मन्त्रालय आफ्नै मातहतमा राखेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम गृहकार्यमा जुटेका छन्।

यद्यपि, उनको यो गृहकार्यले मूर्तरुप भने लिन अझै केही समय लाग्ने सत्तारुढ गठबन्धनन दलका नेताहरुले बताएका छन्। राष्ट्रपतिको निर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने बताइरहेका प्रचण्डलाई अहिले मन्त्रीमण्डलको भागबण्डा मिलाउनै सकस परिरहेको छ। 

सबैको समर्थन पाउने चक्करमा अहिले सरकार समर्थित ११ वटा दलहरु रहेका छन्। उनीहरु सबैलाई भाग पुर्‍याउनुपर्ने भएका कारण पनि मन्त्रिपरिषद् विस्तारको काम अहसज बन्दै गएको छ। 

उनीहरु सबै दललाई कसरी चित्त बुझाउने भन्नेमा प्रचण्ड लागिपरेका छन्। तर त्यति सजिलै भाग लगाउन भने सकिरहेका छैनन्। सत्ता समीकरण फेरिएपछि सहज हुने अपेक्षा गरेका प्रधानमन्त्री प्रचण्डका लागि यतिबेला मन्त्रिपरिषद् विस्तारको विषय सबैभन्दा पेचिलो बनिरहेको छ। 

यद्यपि, मन्त्रालयको संख्यामा पछिल्लो समय हिसाब मिलेको देखिए पनि कुन मन्त्रालय कुन पार्टीले लिने भन्नेमा भने सहमति हुन सकेको छैन। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार मन्त्रालयहरुको बाँडफाँट गर्न अझै दुई/तीन दिन लाग्न सक्छ। 

संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै खड्काले भने,  ‘मन्त्रिपरिषद विस्तार गर्न अझै दुई वा तीन दिन लाग्न सक्छ।’ खड्काले सतारुढ गठबन्धनमा रहेका सबै पार्टीहरुसँग प्रधानमन्त्री छलफलमा रहेको र चाँडै मन्त्रालयको बाडँफाँट टुंगिने अपेक्षा व्यक्त गरे।

हुन त आइतबार नै प्रधानमन्त्रीले सतारुढ गठबन्धनको बैठक बोलाएर सोमबारसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको शनिबार बसेको पार्टी पदाधिकारी बैठकमा सुनाएका थिए। आइतबार बिहान पनि सत्तारुढ दलका नेताहरुसँगको भेटमा उनले साँझसम्म गठबन्धनको बैठक बोलाउने बताएका थिए। बिहान जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सत्ता बाँडफाँटका विषयमा कुराकानी गर्दै आइतबार साँझसम्म टुंग्याउने संकेत गरेका थिए।

तर आइतबार गठबन्धनको बैठक बस्न सकेन। प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलका दोस्रो तहका नेताहरुसँग सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा पनि छलफल गरेका गिए। उक्त छलफलमा कांग्रेस नेता रमेश लेखक र एकीकृत समाजवादीका प्रमेश हमाल सहभागी थिए। 

Ncell 2
Ncell 2

न्यूनतम साझा कार्यक्रमले पनि अन्तिम रुप लिन सकेन। दोस्रो तहका नेताहरु दिउँसैदेखि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन लागिपरेका थिए।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारको न्यूनतम साझा कार्यकम्र बनेलगत्तै मन्त्रीपरिषद् विस्तार हुने दाबी गरेका छन्। संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने काम जारी रहेको र त्यो चाडै पूरा हुने र त्यसपछि मन्त्रिपरिषद् विस्तार हुने बताए। 

नेपालले मन्त्रालय बाँडफाँटमा बाहिर समाचारहरु आएजस्तो असमझदारी नरहेको दाबीसमेत गरे। ‘अहिलेका प्रधानमन्त्रीलाई ११ वटा दलहरुको समर्थन छ,’ नेता नेपालले भने,  ‘त्यही भएर सबै मिलाएर जान केही समय लाग्नु स्वभाविकै हो।’ नेपालले आफूले कहिल्यै पनि आफ्नो पार्टीलाई गृहमन्त्रालय नै चाहिएको कुरा नउठाएकोसमेत दाबी गरे।

यस्तै कांग्रेस उपसभापति खड्काका अनुसार प्रधानमन्त्रीले सबै दलहरुसँग गरिरहेको छुट्टा–छुट्टै संवादको आधारमा मन्त्रालयहरुको बाँडफाँटको एउटा ठोस  प्रस्ताव बनाएर तयार भएपछि सतारुढ गठबन्धनको बैठक बसेर त्यसलाई अनुमोदन गर्दै मन्त्रीपरिषद विस्तार हुने बताए।

उपसभापति खड्कासहित कांग्रेस सभापति शेरबहादुर देउवासँगसमेत प्रधानमन्त्री प्रचण्डले शनिबार राति मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले कांग्रेसलाई एक राज्यमन्त्री सहित ७, माओवादीलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक राज्यमन्त्रीसहित ३, एकीकृत समाजवादीलाई पनि एक राज्यमन्त्रीसहित तीन, जसपालाई दुई, जनमत, लोसपा, नागरिक उन्मुक्तिलाई एक/एक र स्वतन्त्रमध्ये एक जनालाई मन्त्री बनाउने तयारी गरेका छन्।

नेपाली कांग्रेसको शनिबार बसेको पदाधिकारी बैठकमासमेत यसको ब्रिफ्रिङ भएको थियो। कांग्रेस सहितका दलहरुले आफनो पार्टीबाट मन्त्रीहरुको नाम छान्नसमेत गृहकार्य गरिरहेका छन्।

यद्यपि, अर्थ र गृहसहितका प्रमुख मन्त्रालयहरुको व्यवस्थापनमा प्रमुख दलहरुको कुरा मिलेको छैन। कतिपय नेताहरुको भनाइमा ‘मालदार’ भनिएका प्रमुख मन्त्रालयमा साना दलहरुलेसमेत दाबी गर्न थालेका कारण प्रधानमन्त्री प्रचण्डलाई मन्त्रालयको बाँडफाँट मिलाउन अप्ठ्यारो परेको देखिन्छ। यद्यपि, लामो समयदेखि मन्त्रालयहरु खाली राखेको भन्दै प्रधानमन्त्रीको आलोचना हुन थालेको छ।

प्रधानमन्त्रीको प्रस्ताव : कुन पार्टीलाई कति मन्त्रालय 
नेपाली काग्रेस : एक राज्यमन्त्री सहित ८ 
मओवादी : प्रधानमन्त्री सहित ५
रास्वपा : एक राज्यमन्त्री ३ 
एकीकृत समाजवादी : एक राज्यमन्त्री सहित ३ 
जसपा : २ 
जनमत : १ 
लोसपा : १ 
उन्मुक्ति : १
स्वतन्त्र : १ 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  २१:२७
  • #प्रचण्ड
  • #सत्ता_गठबन्धन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड सोलु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूले प्रधानमन्त... शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी उनले भक्तपुरका नागरिकको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्‍याउने स्पष्ट उद्देश्यका साथ अघि बढेको उल्लेख गर्दै जनताको सेवा नै आफ्न... शनिबार, माघ १७, २०८२
अब कांग्रेसले फोहोरी गठबन्धनको राजनीति गर्दैन: गगन थापा सभापति थापाले कांग्रेसमा गुटबन्दीसँगै ६०–४० को भागबण्डाको पनि अन्त्य भएको बताए । ‘यो पार्टीमा कुनै गुट पनि छैन अब । यो पार्टीभित्र ह... शनिबार, माघ १७, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी शनिबार, माघ १७, २०८२
संयुक्त राष्ट्रसंघले वित्तीय संकटको सामना गरिरहेको छ : गुटेरेस शनिबार, माघ १७, २०८२
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु शनिबार, माघ १७, २०८२
अब कांग्रेसले फोहोरी गठबन्धनको राजनीति गर्दैन: गगन थापा शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्