• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक: सत्ता पक्ष बचाउमा, प्रतिपक्ष आक्रोशित 

64x64
नेपाल लाइभ आइतबार, चैत १२, २०७९  १९:१०
1140x725

काठमाडौं– प्रतिनिधि सभाको आइतबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सैद्धान्तिक छलफल भएको छ।

छलफलका क्रममा सत्तापक्ष र विपक्षी आ–आफ्नै दाबी प्रस्तुत गरेका छन्। खासगरी तत्कालीन विद्रोही पक्ष र राज्यपक्षबाट भएका  घटनाहरुमाथि सत्य, तथ्य छानबिन गर्दै न्याय निरुपण गर्ने उद्देश्यसहित भएको तेस्रो संशोधनमा भएको सैद्धान्तिक छलफलका क्रममा सत्तापक्षका सांसदहरुले बचाउ गरे भने विपक्षी सांसदहरु आक्रमक रुपमा प्रस्तुत भए।

नेपाली कांग्रेसका सांसद रमेश लेखकले संक्रमणकालीन न्यायको मुद्धालाई छिटो भन्दा छिटो निरुपण गर्नु पर्नेमा सुझाए। कांग्रेस सांसद बद्री प्रसाद पाण्डेले ग्रामीण इलाकामा माओवादी र सहरी इलाकामा राजाले शासन लिएको अवस्थामा थुप्रै सर्वसाधारणहरु विचल्लित हुन पुगेको बताए। 

उनले गिरिजाप्रसाद कोइरालाले शान्ति र समृद्धिको बाटोमा ल्याएको बताउँदै द्वन्द्वका घाउहरु मेटाएर शान्तिपूर्ण तरिकाले यो विधेयक आएको दाबी गरे। उनले देशलाई युद्धको मैदानबाट बुद्धको मैदानमा लैजानु पर्ने दाबी गरे।

त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले विस्तृत शान्ति सम्झौताले द्वन्द्वको व्यवस्थापन मात्र नभई धेरै उपलब्धि हासिल गरेकाले फौजदारी न्यायको सिद्धान्तअनुसार व्याख्या गरिएको भन्दै आपत्ति जनाए। उनले विस्तृत शान्ति सम्झौतालाई अन्तरिम संविधानको विषयवस्तु बनाएको दाबी गर्दै पीडितहरुलाई न्याय दिने कुरामा फौजदारी न्यायको सिद्धान्त अनुसार व्याख्या गरेको भन्दै आपत्ती जनाएका हुन्। 

यता रास्वपाका सांसद सन्तोष परियारले संक्रमणकालीन न्याय विस्तृत शान्ति प्रक्रियाको एउटा पाटो भएको उल्लेख गर्दै राज्यले न्याय गर्नुपर्ने र द्वन्द्वको काँडा मात्र नभई द्वन्द्वको फूलहरुको बारेमा सम्बोधन गरिनुपर्ने बताए।

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले मुलुकलाई रक्तपातपूर्ण नेपालको कल्पना गर्न नसक्ने बताउँदै  संक्रमणकालीन न्यायको विषय सबैको साझा विषय भएकोले प्रतिशोध नलिएर निरुपण गर्नुपर्नेमा जोड दिए।

एकीकृत समाजवादीकै सांसद प्रकाश ज्वालाले यो विषय ६ महिनाभित्र टुंगिनुपर्नेमा ढिलो भएकाले अब छिट्टै टुंग्याउनुपर्ने बताए। उनले यो विषय कुनै एक पक्षको विषय नभई राष्ट्रिय सहमतिको विषय भएकाले गम्भीर बन्नुपर्ने धारणा राखे।सांसद अमरबहादुर थापाले द्वन्द्वपीडितको पहिचान गर्न माग गरे। उनले वास्तविक पीडितहरुमाथि राज्यले न्याय गर्न नसकेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै सांसद मेटमणि चौधरी र ज्ञानेन्द्र कार्कीले पीडितले न्याय पाउनेगरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए। उनीहरुले यो विषय कागजमा मात्र टुंग्याउनुभन्दा पनि व्यवहारमा विश्वस्त हुनेगरी सामाधान गर्नुपर्ने बताए। सांसद शेरबहादुर कुँवरले यो विधेयकलाई चाँडै निष्कर्षमा पुर्‍याउनुपर्ने बताए।

यस्तै एमाले सांसद रघुजी पन्त १६ वर्षपछि यो विधेयक आउनु राम्रो पक्ष भए पनि छानबिन नगरी नै टुंग्याउन खोजिएको आरोप लगाए। उनले कर्णाली प्रदेशको उदाहरण दिँदै प्रदेशबाट १६ हजार उजुरी परेको र ती उजुरीहरुमाथि कुनै छानबिन नभएको बताए।

उनले आयोगका पदाधिकारी खाली रहेको र ६० हजार भन्दा बढी उजूरी रहेको बताउँदै विगत ८ वर्षमा कतिवटा उजुरीमाथि छानबिन भयो भन्दै प्रश्न गरे। उनले भने, ‘को सहिद हो? भन्ने कुरा सरकारको काम होइन। द्वन्द्व पीडितहरु हुने भन्ने नामावली किन प्रकाशित गरियो।’

उनले सरकारले द्वन्द्व पीडितहरुको नामवली सहिद भन्दै सरकारले राजपत्रमा प्रकाशित गरेकोप्रति आपत्ति जनाए। शान्ति सम्झौता पूरा भएको १६ वर्षसम्म संक्रमणकालीन न्यायको प्रक्रिया पूरा नगर्नु राजनीतिक इच्छा शक्तिको कमी भएको उनले टिप्पणी गरे। 

Xtrem

Xtrem

उनले अहिले ल्याइएको विधेयकमा उल्लेखित मस्यौदाले विद्रोही पक्षलाई जोगाउन खोजिएको आरोप लगाए। साथै सरकारले जनयुद्ध दिवसका नाममा दिइएको सार्वजनिक बिदाप्रति पनि आपत्ति प्रकट गरे। सांसद गणेश पराजुलीले सशस्त्र द्वन्द्वका बेलामा निहत्या व्यक्तिमाथि भएका अन्यायमा पीडितहरुलाई न्याय दिन ढिलाई गर्न नहुने बताए।

यस्तै रञ्जु कुमारी झाले आयोगका पदाधिकारी कस्ता खालका व्यक्ति हुन् भन्नेबारेमा पनि प्रष्ट हुनुपर्ने बताइन्। संक्रमणकालीन न्याय प्रक्रिया नटुंगिनुमा विगतका सबै सरकारहरु दोषी भएको उनको भनाइ थियो।

राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले द्वन्द्वसँग सरोकार नै नभएका व्यक्ति हत्यामा संलग्नलाई उम्मुक्ति दिन खोजिएको भन्दै विधेयकप्रति आपत्ति जनाए।

उनले फौजदारी कसुरमा उन्मुक्ति दिन नहुने भन्दै विधेयकमा व्यापक छलफल गर्नुपर्ने बताए। यस्तै एमाले सांसद महेश कुमार बर्तौलाले १६ वर्षसम्म यो विषय कसरी अनिर्णित बन्यो भन्दै प्रश्न गरे। सरकार नै यो विधेयकलाई लम्ब्याउन खोजेको उनले आरोप लगाए। उनले सरकार पीडितहरुको पक्षमा हुनुपर्नेमा त्यो नभएको भन्दै आक्रोश व्यक्त गरे।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले द्वन्द्वसँग सरोकारवाला नभएका व्यक्तिहरुको हत्या भएको भन्दै त्यसमा उन्मुक्ति दिन नहुने बताए। उनले १० वर्षीय जनयुद्धमा आफ्ना कार्यकर्ता पनि मारिएको दाबी गर्दै द्वन्द्वसँग कुनै सरोकार नै नभएका व्यक्तिहरुमाथि अन्याय हुन नहुने धाणा राखे। उनले अपराध गर्ने व्यक्तिलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने बताए।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? मन्त्रालयले मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। सम्भावित विपद्का बेला उद्धार... बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्... बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न भनेका हुन्। बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्