काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा एमालेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आपत्ति जनाएको छ।
एमाले सांसद रघुजी पन्तले संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोशन गर्न बनेको बनेको विधेयक हतारो ल्याइएको भन्दै यसले समाधान दिन्छ त? भन्दै प्रश्न गरे।
सरकारले दर्ता गराएको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधन विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन्।
‘यो विधेयक समस्याको साँचो समाधान, दीर्घकालीन समाधान गर्नको लागि हो कि टालटुले गरेर झारा टार्नको लागि मात्रै हो भन्ने प्रश्न खडा भएको छ’, उनले भने, ‘हतार–हतारमा यो समस्यालाई टालटुल पार्नु उचित होइन।’
विधेयकको सैद्धान्तिक छलफलमा दलहरु आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।