• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

१६ वटा मन्त्रालय एक्लै सम्हालेर सुशासन दिइरहने बाचा गरेका प्रचण्ड

64x64
ईश्वर बराल आइतबार, चैत १२, २०७९  २०:०९
1140x725

काठमाडौं- ‘मन्त्रिपरिषद् विस्तार गर्ने प्रक्रियामा गृहकार्य आजैदेखि सुरु हुन्छ,’ फागुन १८ गते कांग्रेससहितको नयाँ-गठबन्धनको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकछिन रोकिएर भने, ‘यो कुरा नोट गर्नुहोला, मन्त्रिपरिषद् विस्तारको विषयमा आजैदेखि गृहकार्य सुरु हुन्छ।’ 

प्रचण्डले उक्त अभिव्यक्ति दिएको आज (आइतबार) २५ दिन भयो। प्रचण्डले उक्त दिन प्रधानमन्त्रीसहित १६ वटा मन्त्रालय सम्हालेको चौथो दिन थियो। फागुन १४ गते एमालेका ८ मन्त्रीले राजीनामा बुझाए। त्यसअघि राप्रपाका ३ र रास्वपाका ३ मन्त्री सरकारबाट बाहिरिएका थिए। र, सुरुबाटै खेलकुद र बन मन्त्रालय प्रचण्ड स्वयंले राखेकाले उनको जिम्मामा त्यत्रा मन्त्रालय रहेका हुन्। 

प्रचण्डसँग अहिले अर्थ, परराष्ट्र, गृह, शिक्षा, स्वास्थ्य, शहरी विकास, कानुन, वन, खेलकुद, श्रम, उर्जा, उद्योग, रक्षा, कृषि, भूमि र महिला तथा बालबालिका मन्त्रालय छन्।

पुस १० मा प्रधानमन्त्री भएका प्रचण्डले स्वयं आफ्नो यो कार्यकालमा नतिजामुखी काम गर्ने उद्घोष गरेका थिए। उनी प्रत्येक भाषणमा सुशासन प्रत्यभूत गर्ने र तत्काल देखिने काम गर्ने बताउँछन्।

देशको अर्थतन्त्र अस्तव्यस्त रहेको स्वयं सत्तासीन दल र विज्ञहरु बताउँछन्। यस्तो अवस्थामा जनतालाई प्रत्याभूत गर्ने आधारभूत सुविधा र महत्वपूर्ण जिम्मेवारी हुने मन्त्रालयका तालुकदारका रुपमा रहेका मन्त्री नहुनु र एक्लो व्यक्तिले १६ वटा मन्त्रालय सम्हालेर सुशासनको दुहाइ दिनु आफैंमा विरोधाभास देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधनमन्त्री प्रचण्डका अभिव्यक्तिका शृखंला
प्रधानमन्त्रीमा नियुक्त भएर सपथ ग्रहण गरेपछि प्रधानमन्त्रीको रुपमा प्रचण्डले गरेको पहिलो निर्णय थियो- सुशासन र सेवा प्रवाहमा प्रभावकारी काम गर्ने। ‘सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर भएको छ,’ हस्ताक्षरपछि प्रधानमन्त्रीले उल्लेख गरेका थिए।

तर, त्यसपछि मन्त्रिपरिषद् आफैंमा पूर्ण नहुनु र मन्त्री रहेका महत्वपूर्ण मन्त्रालयका मन्त्रीहरुले राजीनामा दिँदै जानुले प्रचण्डले १६ वटा मन्त्रालयको बोझलाई कसरी सम्बोधन गरिरहेका छन् भन्ने सन्देह उत्पन्न भएको छ। सोही विषयलाई लिएर आइतबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद निशा डाँगीले प्रधानमन्त्री एक्लैले १६ वटा मन्त्रालय सम्हालेकोले जनताका समस्या कसरी सम्बोधन हुन सक्छ भन्ने आशंका व्यक्त गरेकी थिइन्।

‘हुन त राज्यमा प्रधानमन्त्रीले एक्लै १६ वटा मन्त्रालय सम्हालेका बेला यो सदनबाट जनताका ती मन्त्रालयका समस्या राखौँ की नराखौँ? दुविधामा छु,’ व्यङ्ग्य मिश्रित भावमा डाँगीले भनिन्, ‘तर व्यक्ति होइन, प्रणालीमा विश्वास गर्ने भएकाले म जनताले भोगिरहेका समस्याका बारेमा सरकारको ध्यानाआकर्षण गराउन चाहन्छु।’

Xtrem
Xtrem

जनताको असन्तोष थाहा पाउने तर सिंगो सरकार सञ्चालनमा एक्लै निर्णायक
वर्तमान सरकारमा प्रचण्डसहित माओवादीका ५ जना र जनमत पार्टीका अब्दुल खान मन्त्री छन्। ६ सदस्य मन्त्रिपरिषद्ले मुलुकका तमाम विषयलाई तु सम्बोधन गर्ने प्रतिबद्धता भुलेर प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा तीव्र गृहकार्य गरेका छैनन्। उनी सत्ता साझेदारको बैठकलाई छल्ने प्रयास गरेको सत्ता साझेदार दलकै नेताहरु बताउँछन्। 

सरकार विस्तारमा देखिएको यही अलमललाई लिएर सांसद प्रेम सुवाल आपत्ति जनाउँदै सरकारले विश्वासको मत पाउने बित्तिकै मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कानुन बनाउनुपर्ने धारणा राख्छन्। 

‘अहिले सरकारले विश्वासको मत पाएको धेरै दिन भयो। एउटा कानुन बनाउँ, प्रधानमन्त्रीले विश्वासको मत पाएको भोलिपल्ट पूर्ण मन्त्रिमण्डल नबनेमा प्रधानमन्त्री स्वत: रिक्त हुने एउटा बन्दोबस्ती गरौँ,’ सुवाल भन्छन्। 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  २०:०९
  • #प्रचण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? मन्त्रालयले मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। सम्भावित विपद्का बेला उद्धार... बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्... बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न भनेका हुन्। बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्