काठमाडौं– नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले ठूलो परियोजना चन्दाकै भरमा निर्माण गर्न दिने परिपाटीको छानबिन हुनु पर्ने माग गरेकी छन्।
चितवनमा निर्माणको क्रममा रहेको गौतमबुद्ध अन्तराष्ट्रि क्रिकेट रंगशाला चन्दा उठाएर निमार्ण गर्न धुमुर्स–सुन्तली फाउण्डेसनलाई दिएको र अहिले उक्त फाउण्डेसनले छोडेर अलपत्र पारेको भन्दै सो परियोजना सरकारको स्वामित्वमा ल्याएर चाँडै पूरा गर्न पनि माग गरेकी छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सुवेदीले उक्त माग गरेकी हुन्।
‘चितवन लगायत देश भित्र र देश बाहिरका नेपाली जनताले आफ्नो छाक काटेर दिएको रकम डुबेको छ,’ सांसद सुवेदीले भनिन्,‘करिब ३ अर्ब ५५ करोडको अनुमानित लागत लाग्ने यति ठूलो परियोजना चन्दाकै भरमा निर्माण गर्न दिने परिपार्टीको गम्भीर समिक्षा गरी हल निकाल्न र यो परियोजनका उचित छानबिन गरी नेपाल सरकारले स्वामित्व लिइ पुरा गर्न सरकारको गम्भीर ध्यानाअकर्षण गर्न चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।