काठमाडौं– जनगणनामा २०७८ मा कालापानी, लिम्पियाधुरा र लिपुलेकको जनगणना छुटेको भन्दै सांसद् शेरबहादुर कुँवरले जवाफ माग गरेका छन्।
आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले उनले धेरै चर्चा भइरहेकै क्षेत्रको जनगणना नहुनुले राम्रो सन्देश नजाने बताए।
उनले भने, ‘यसपल्ट त्यहाँ जनगणना नभएको सुनेको छु। जबकि सन् २०१८ सालमा नै जनगणना भएको थियो। यसपल्ट त्यहाँ गणना किन किन छुटेको हो?’
उनले त्यसबारे सम्बन्धित निकायको जवाफ समेत सभामुखमार्फत् माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।