सभामुख घिमिरे (फाइल तस्बिर) काठमाडौं– प्रतिनिधि सभा बैठकअघि सभामुख देवराज घिमिरेले दलका प्रतिनिधिहरुसँग छलफल गरिरहेका छन्। संसद्को नियमावली संशोधनको क्रममा रहेका बेला उनले छलफल गरेका हुन्।
छलफलमा संसद्का पार्टीका प्रमुख सचेतकहरु, महासचिव र सचिवहरु रहेको बताइएको छ।
नियमावलीमा सत्ता पक्षका सांसदले सभामुखका तजबिजी अधिकार कटौतीका लागि संशोधन हालेका छन्। कार्य व्यवस्था परामर्श समितिलाई बलियो बनाउने र सभामुखका अधिकार कटौती गर्ने सांसदहरुको संशोधनबाट सभामुख घिमिरे झस्किएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट घिमिरे सभामुख निर्वाचित भएका थिए। उनले सत्ता पक्षलाई असहयोग गर्नसक्ने आशंकासहित सत्ता पक्षका सांसदले अधिकार कटौतीका लागि संशोधन हालेका छन्।
संसद्बाट संशोधन पास हुने सम्भावना बलियो रहेकाले सभामुख घिमिरेले त्यसअघि नै छलफल थालेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।