काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पहिचानको आन्दोलनमा जीवन गुमाएका पदम लिम्बूसहित अन्य आन्दोलनकर्ताहरुको बारेमा सरकारको ध्यानाकर्षण गराएको बताएका छन्।
मन्त्री किराँतीले मिस लिम्बू २०७९ को उद्घाटन गर्दै शनिबार काठमाडौं यस्तो बताएका हुन्। पर्यटनमन्त्री किराँतीले आफैं सरकारमा रहेर सरकारलाई नै ध्यानाकर्षण गराएको अभिव्यक्ति दिएका छन्।
उनले शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकमा आफूले सरकारलाई कोशी प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनबारे गम्भीर बन्न आग्रह गरेको बताए।
मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका बारेमा आफू गम्भीर रहेको कुरा आफूलाई बताएको पनि मन्त्री किराँतीले स्पष्ट पारे। यस्तै मन्त्री किराँतीले एकल संस्कृति र एकल पहिचानले देश नबन्ने दाबी गरे।
उनले सबैको सौन्दर्य र पहिचानलाई पनि उत्तिकै मान्यता दिनुपर्ने बताए। उनले अबको विकास प्रकृतिको सम्पदा र मानव सम्पदाको समायोजन नै आजको आर्थिक विकास र नेपाली पर्यटन भएको उल्लेख गरे। यसले आर्थिक समृद्धि बनाउनुका साथै देश धनी बनाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।