काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनौतीलाई अवसरमा बदल्ने आफ्नो दृढ संकल्प रहेको बताएका छन्।
शनिबार लायन्स क्लबको सम्मेलनमा सम्बोधन गर्दै उनले सरकारको संकल्पमासमेत सबैबाट सकारात्मक सहयोग रहनेछ भन्ने विश्वास लिएको बताए।
‘यस कार्यकालमा बदलिएको राजनीतिक व्यवस्था अनुरुप जनताको अपेक्षा बदल्नु, निराशालाई चिर्दै देशमा आशाको रक्तसञ्चार सिर्जना गर्नु, राष्ट्रिय सहमति र सहकार्यका आधारमा चुनौतीहरुलाई अवसरमा बदल्नु मेरो दृढ संकल्प रहेको छ’, उनको भनाइ थियो।
राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान आर्थिक र राजनीतिक चुनौतीहरु छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न वर्तमान सरकार संकल्पबद्ध रहेको उनको भनाइ छ। ‘मैले संकल्प गरेको छु कि मेरो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको छु’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।