काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। केही बेरअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।
उपराष्ट्रपतिको निर्वाचन लगत्तै सरकार विस्तार गर्ने भनिए पनि गठबन्धनमा अहिलेसम्म सहमति जुटेको छैन। अहिले जारी बैठकमा पनि सरकार विस्तारबारे नै छलफल भइरहेको बताइएको छ।
साना दलहरुले पनि भाग खोज्दा गठबन्धनभित्र भागबण्डा मिलाउन सकस परिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।