काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक नारा लगाएर समस्याको समाधान नहुने बताएका छन्।
शनिबार रिटर्नी फेडेरेसन नेपालको अधिवेशनमा सम्बोधन गर्दै उनले नेपालमा साम्प्रदायिकताको लागि ठाउँ नभएको रिटर्नी फेडेरेसनले बुझेको बताए।
‘विदेशमा सरदर दुई वर्षभन्दा बढी बसेर फर्किएका मान्छेहरुको तपाईंहरुले देशव्यापी संगठन बनाउनुभएको छ। जसले गर्दा यस संगठनले अर्को एउटा राम्रो काम गरेको छ। रिटर्नीका व्यथा, विदेश जाँदाका व्यथा उस्तै थिए, विदेशका व्यथा उस्तै थिए, फर्केर आएपछिका समस्या उस्तै छन्। समाधान मिलेर गर्नुपर्छ। यहाँ साम्प्रदायिताको ठाउँ छैन’, उनले भने।
रिटर्नीले आफू सप्रिँदै देश सपार्न लाग्नुपर्ने ओलीको सुझाव थियो। ‘रिटर्नीले आफू सप्रिनुपर्यो। परिवार सपार्नुपर्यो। आफ्नो ठाउँ, जिल्ला, देश सपार्नुपर्यो। कसरी सकिन्छ। म आफू सपार्न लाग्दिनँ। देशमा मात्रै सपार्छु भनेर उपरखुट्टी लगाएर बस्ने हो भने देश सप्रिन्छ? अनि तपाईंलाई सपार्न को आइदिने फेरि?’, ओलीको प्रश्न छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।