धनुषा– धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
शनिबार बिहान मिथिला नगरपालिका–३ हरिहरपुरमा ट्रक दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
पूर्वबाट पश्चिमतर्फ छुटेको गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट छुटेको प्रदेश १- ०१–००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए।
मृत्यु हुनेमा सुनसरीका २८ वर्षीय सागर चौधरी, अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान रहेका धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। सागर ट्रकका चालक र अर्जुन सहचालक हुन्।
दुर्घटनामा सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन्। उनको ढल्केवर अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।