हरिबहादुर चुमान। काठमाडौं– नेकपा माओवादी केन्द्रको तर्फबाट गण्डकी प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन्।
शुक्रबार साँझ मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर सरकारमा रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले राजीनामा बुझाएका हुन्।
शुक्रबार दिउँसो बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकार छाड्ने निर्णय गरेको थियो।
चुमान भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री र जुग्जाली उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री थिए। योसँगै मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।