कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिकामा बाघको आक्रमणमा परि एक महिलाको मृत्यु भएको छ।
शुक्रबार पुनर्वास नगरपालिका–१० बस्ने अन्दाजी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।
उनी दुधुवा नेसनल पार्कभित्र घाँसदाउरा गर्न गएका बेला बाघले आक्रमण गरेको जनाइएको छ।
नेपाल–भारत सीमा क्षेत्रबाट करिब दुई किलोमिटर भारततिर गौरीफन्टा वन क्षेत्रमा पर्ने एसएसबी क्याम्प लालकुवा नम्बर ८ को दक्षिण पूर्वमा सार्कीको शव फेला परेको कुण्डा सबडिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरका प्रमुख दिनेश कुमार यादवले जानकारी दिए।
घाँसदाउरा गर्न गएका अधिकांश महिलाहरू घर फर्किसकेका छन् भने एक जना महिला अझै सम्पर्कविहीन रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।