• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जनसंख्याको वृद्धि सन्तुलित देखिएन, यो चिन्ताको विषय हो: प्रधानमन्त्री प्रचण्ड 

64x64
नेपाल लाइभ शुक्रबार, चैत १०, २०७९  १२:३६
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले जनखंख्याको वृद्धि सन्तुलित नदेखिएको भन्दै यो चिन्ताको विषयको भएको बताएका छन्। जनगणना २०७८ को अन्तिम प्रतिवेदन शुक्रबार सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले कम उमेरका व्यक्तिहरुको संख्या क्रमशः घटेको र बढी उमेरका व्यक्तिहरुको संख्या क्रमशः बढेको देखिएको भन्दै यसले जनसंख्या वृद्धि सन्तुलित नरहेको प्रष्ट भएको बताए। 

‘जनसंख्याको वार्षिक वृद्धिदर घट्ने क्रममा रहेको देखिएको छ। विशेषगरी हिमाली र पहाडी तथा ग्रामीण क्षेत्रमा जनसंख्या वृद्धिदर द्रुतरुपमा घट्ने क्रममा रहेको देखिएको छ भने तराई तथा शहरी क्षेत्रहरुमा यो दर बढ्ने क्रममा देखिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘२०६८ सालको जनगणनाको तुलनामा परिवारमा अनुपस्थित रही विदेशमा बस्ने व्यक्तिहरुको संख्या पनि बढेको देखिन्छ।’ 

प्रधानमन्त्रीले जनसांख्यिक परिवर्तन बमोजिमका जनसंख्या व्यवस्थापनका विशेष कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने खाँचो जनगणनाबाट देखिएको पनि बताए। 

जनगणनाले देशको आर्थिक सामाजिक स्वरुपको यथार्थ स्थिति प्रस्तुत गर्ने भएकाले यसबाट प्राप्त तथ्याङ्कले नेपालको संविधानमा रहेका समाजवाद उन्मुख समावेशी विकास र मौलिक हक अधिकारको कार्यान्वयन र मूल्याङ्कन गर्न सहज हुने प्रधानमन्त्रीको भनाइ छ। 

प्रधानमन्त्री प्रचण्डले साक्षरता दर ६६ प्रतिशतबाट बढेर करिव ७६ प्रतिशत पुगेको देखिए पनि धेरैजसो सूचकहरुमा ग्रामिण र शहरी क्षेत्रबीच असमानता देखिएको उल्लेख गर्दै त्यससलाई सम्बोधन गरी नेपालमा विद्यमान असन्तुलित बसाइ सराइलाई व्यवस्थित गर्नु पर्ने आवश्यकता देखिएको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री प्रचण्डको भनाइ: 
नेपालमा वि.सं. १९६८ बाट सुरु भइ १०-१० वर्षमा सञ्चालन गरिँदै आएको राष्ट्रिय जनगणनाको १२औं श्रृङ्खलाअन्तर्गत गत वर्षको कार्तिक-मंसिर महिनामा सम्पन्न भएको राष्ट्रिय जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदन आज सार्वजनिक गर्न पाउँदा मलाई खुसी लागेको छ। 

नेपालको सन्दर्भमा जनगणना देशकै आर्थिक-सामाजिकस्वरुपको यथार्थ स्थिति प्रस्तुत गर्ने एक महत्त्वपूर्ण तथा बृहत् तथ्याङ्कीय कार्य हो। यसले जनसाङ्ख्यिक, शैक्षिक, आर्थिक, मानवीय तथा विविध क्षेत्रका तथ्याङ्क यकिन गर्नुका साथै आगामी दश वर्षसम्मका लागि तथ्याङ्कको आधार समेत सिर्जना गरेको छ। यसबाट प्राप्त तथ्याङ्कले नेपालको संविधानमा रहेका समाजवाद उन्मुख समावेशी विकास र मौलिक हक अधिकारको कार्यान्वयन र मूल्याङ्कन गर्न सहज हुनेछ।

जनगणनाको तथ्याङ्कबाट पन्ध्रौँ योजनाको समीक्षा तथा सोह्रौँ योजना तर्जुमाको अवधारणा पत्र तयार गर्नका लागि आवश्यक आधारभूत तथ्याङ्कको आधार पनि प्राप्त हुनेछ। राष्ट्रिय जनगणना २०७८ बाट उपलब्ध भएका तथ्याङ्कले सुशासनको अभिवृद्धि, दिगो विकास लक्ष्य तथा जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालले गरेका प्रतिबद्धता लगायत अन्य राष्ट्रिय विकास लक्ष्यहरुको अनुगमन तथा मूल्याङ्कन र विद्यमान सूचकहरुको प्रगति मापनमा सहयोग पुग्नेछ। सङ्घीय व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहहरुलाई नीति, योजना तथा कार्यक्रमहरु तयार गर्दा तथ्यमा आधारित निर्णय गर्न थप आधार समेत प्राप्त हुनेछ।

Xtrem
Xtrem

प्राप्त नतिजा समग्रमा हेर्दा कम उमेरका व्यक्तिहरुको संख्या क्रमश: घटेको र बढी उमेरका व्यक्तिहरुको संख्या क्रमश: बढेको देखिएकोले जनसंख्याको बृद्धी सन्तुलित नभएको देखिन्छ। समग्र जनसंख्याको वार्षिक वृद्धिदर घट्ने क्रममा रहेको देखिएको छ। विशेषगरी हिमाली र पहाडी तथा ग्रामीण क्षेत्रमा जनसंख्या वृद्धिदर द्रुतरुपमा घट्ने क्रममा रहेको देखिएको छ भने तराई तथा शहरी क्षेत्रहरुमा यो दर बढ्ने क्रममा देखिएको छ। त्यसैगरी २०६८ सालको जनगणनाको तुलनामा परिवारमा अनुपस्थित रही विदेशमा बस्ने व्यक्तिहरुको संख्या बढेको र त्यसमध्ये महिलाहरुको अनुपात बढेको देखिएको छ। हाल प्रस्ट रुपमा देखिएको जनसाङ्ख्यिक परिवर्तन बमोजिमका जनसंख्या व्यवस्थापनका विशेष कार्यक्रमहरु सञ्चालन गर्न जनगणनाबाट प्राप्त तथ्यांकबाट सहयोग पुग्ने विश्वास लिएको छु।

सारांशमा, महिला परिवार मूली भएका परिवारहरु तथा परिवारमा उपलब्ध संचार लगायत अन्य साधन सुविधा, सफा खानेपानी प्रयोग गर्ने, बिजुली प्रयोग गर्ने, खाना पकाउन आधुनिक इन्धन प्रयोग गर्ने, सौचालय सुविधा भएका परिवारहरुको अनुपात वृद्धि भएको छ। साक्षरता दर ६६ प्रतिशतबाट बढेर करिव ७६ प्रतिशत पुगेको देखिएको छ। तर धेरैजसो सूचकहरुमा ग्रामिण र शहरी क्षेत्रका बीच असमानता देखिएको छ, जसलाई सम्बोधन गरी नेपालमा विद्यमान असन्तुलित बसाइ सराईलाई व्यवस्थित गर्नु पर्ने देखिएको छ।

जनसंख्या तथ्याङ्क नेपालको तथ्याङ्क प्रणालीको एक अभिन्न अङ्ग हो। यो लगायत संघ, प्रदेश र स्थानीय तहमा उत्पादन हुने सबै विषयका तथ्याङ्कको गुणस्तर अभिवृद्धि गरी नियमितरुपमा तथ्याङ्कको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी देखेको छु। तसर्थ तथ्याङ्क प्रणालीको सुदृढीकरण तथा एकीकृत तथ्याङ्क पद्धतिको निर्माण गर्ने उद्देश्यले हालसालै जारी भएको तथ्याङ्क ऐन, २०७९ को कार्यान्वयनलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको छ।

कोभिड-१९ महामारीले भयावह रुप लिएको अवस्थामा रोकिएको यो जनगणना प्रस्तावित समयभन्दा ५ महिना ढिलो गरी सम्पन्न हुन सक्यो। कोभिडको प्रभाव पूर्णतः समाप्त भइनसकेको अवस्थामा जनगणना सञ्चालन गर्नु एक चूनौतिपूर्ण कार्य थियो। तसर्थ राष्ट्रिय जनगणना, २०७८ सफलतापूर्वक सम्पन्न गरेकोमा म तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग तथा हालको राष्ट्रिय तथ्याङ्क कार्यालयलाई विशेष धन्यवाद दिन चाहन्छु। साथै मेहनत र लगनशीलताका साथ तथ्याङ्क संकलन गर्ने गणक तथा सुपरीवेक्षकहरु, जनगणनाको स्थलगत कार्य व्यवस्थापन गर्ने स्थानीय, जिल्ला तथा प्रदेश जनगणना अधिकारीहरु, जनगणनाको प्रचार प्रसार गर्ने सञ्चारकर्मीहरु, आर्थिक तथा प्राविधिक सहयोग गर्ने अन्तर्राष्ट्रिय विकास साझेदारहरु तथा यसमा सरोकार राख्नुहुने सबै महानुभावहरु र सम्पूर्ण उत्तरदाताहरुलाई म धन्यवाद दिन चाहन्छु।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात बन्द
सम्बन्धित सामग्री
कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय निर्देशनसहित १५ समिति गठन नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ। पार्टीको केन... शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अ... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात बन्द शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम शनिबार, असोज १०, २०८३
कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय निर्देशनसहित १५ समिति गठन शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्