प्रतिकात्मक (फाइल) तस्बिर।
काठमाडौं– वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको संख्या २१ लाख ९० हजार रहेको तथ्याङ्क विभागले जनाएको छ। २०६८ साल मंसिर ९ गते अपराह्न १२ बजेसम्मको तथ्याङ्कअनुसार उक्त संख्या विदेशमा देखिएको हो।
६६ लाख ६६ हजार परिवारमध्ये १५ लाख भन्दा बढी परिवारबाट १ वा २ जना विदेशमा रहेको देखिएको छ। त्यसमा सदाका लागि विदेशिएका र उतैको नागरिक बनिसकेकाहरुको संख्या नजोडिएको बताइएको छ।
कोही न कोही घरमै रहेकाहरुबाट उक्त संख्या लिइएको र सवै परिवार बाहिर बस्ने गरेकाहरु यहाँ नजोडिएको पनि तथ्याङ्क विभागले जनाएको छ।
तथ्याङ्कमा सदाका लागि बाहिर गएका जोडिएका छैनन्। परिवारका सवैजना बाहिर बस्ने गरेकाहरु पनि जोडिएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।