काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच शुक्रबार बिहान छलफल भएको छ।
मन्त्रिपरिषद् विस्तारको तयारी र सत्तारुढ दलहरुले बनाइरहेको न्यूनतम साझा कार्यक्रमका बारेमा प्रधानमन्त्री प्रचण्ड र नेपालबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।
यसअघि हिजो साँझ प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारकै बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभपति पूर्णबहादुर खड्कासँग बालुवाटारमा छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।