काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज शुक्रबार विश्वासको मत लिँदैछन्। यसअघि जमरकट्टेलले बुधबार नै विश्वासको मत लिने भनिए पनि कांग्रेसका संसदहरु काठमाडौंमै बसेका कारण उक्त दिनको प्रदेश सभा बैठक नै स्थगित गरिएको थियो।
नेपाली कांग्रेस र माओवादीबीच भएको समझदारीपश्चात् आज प्रदेश सभा बैठक बोलाइएको छ। मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत लिने आजको बैठकको कार्यसूचीमा राखिएको छ।
कांग्रेसका बागमती प्रदेश सभा सदस्य विमल ठकुरीले मुख्यमन्त्री जमरकट्टेलको पक्षमा आज कांग्रेससे मत दिने तयारी गरेको बताए।
एमालेले बागमती प्रदेश सरकारबाट आजै बाहिरिने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।