काठमाडौं– रेडियो नेपालकी पूर्व समाचारवाचिका तथा वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ।
८६ वर्षीया ताम्राकारको काठमाडौंको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको हो।
२०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचारवाचिका तथा समाचार सम्पादकको रुपमा काम गरेकी थिइन्।
रेडियो नेपालमा उनले ‘नासो’, ‘हाम्रो देशको माटो’, हाम्रो वन हाम्रो जीवन’लगायत कार्यक्रमहरु पनि संचालन गरेकी थिइन्।
ताम्राकार पछिल्लो समय पर्यटन क्षेत्रमा पनि सक्रिय थिइन्। आँखा दान प्रोत्साहन अभियान र चरा संरक्षण अभियान सञ्चालन गरेर ताम्राकार समाज सेवामा पनि समर्पित थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।