काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचन हुने भएको छ। देशभरीका क्याम्पसका चैत्र ५ गते नै निर्वाचन भए पनि कमर्स क्याम्पससहित केही क्याम्पसहरुमा स्थगित भएको थियो।
क्याम्पस प्रशासनले बिहीबार एक विज्ञप्ति जारी गर्दै शनिबार स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने जानकारी दिएको छ। निर्वाचनसम्बन्धी कार्यक्रम अघि बढाउने क्रममा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्नेसम्मको काम सम्मपन्न भए पनि निर्धारित मिति चैत्र पाँच गते स्थगित भएको थियो।
त्रिवि उपकुलपतिको कार्यालयबाट ५ गते जारी विज्ञप्ति र त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको ६ गतेको निर्देशन अनुसार १२ गतेभित्र स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले शनिबार निर्वाचन हुने क्याम्पसले जनाएको छ।
स्ववियु निर्वाचनको मतदान बिहान ८:०० बजेदेखि दिनको ४:०० बजेसम्म हुने जानकारी दिँदै निर्वाचन कार्यलाई शान्तिपूर्वक, भयरहित वातावरणमा सम्पन्न गर्न गराउन सम्बद्ध प्राध्यापक, कर्मचारी, विद्यार्थी र विभिन्न संघ/संगठनहरूलाई क्याम्पसले अनुरोधसमेत गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।