काठमाडौं– नेपाली कांग्रेसका सभापति एमव् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको छलफल जारी रहेको छ। मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि देउवा बालुवाटार पुगेको बताइएको छ।
सभापति देउवासँगै बालुवाटारमा उपसभापित पूर्णबहादुर खड्का पनि पुगेका छन्। स्रोतका अनुसार अहिले बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल चलिरहेको छ।
यस्तै आजै कांग्रेस, माओवादी, नेकपा एस र जसपाका दोस्रो तहका नेताहरुबीचमा छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।