काठमाडौं- काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने दुई जनालाई १२ हजार जरिवाना गरेको छ। महानगरले चैत्र ९ गते कालिमाटी क्षेत्रमा सिपचन्द्र मण्डल र महानगरको ९ नम्बर वडामा सानोकान्छा भारतीलाई जरिवाना तिराएको हो।
मण्डललाई महानगरले २ हजार र भारतीलाई १० हजार जरिवाना तिराएको छ। काठमाडौं महानगरपालिकाले सानोकान्छा भारतीलाई घर निर्माण गर्दा उत्पादित फोहोरमैला सडकमा फालेको भन्दै १० हजार जरिवाना गरेको हो। महानगरपालिकाअन्तर्गतको नगर कार्यपालिका कार्यालयले उनलाई १० हजार जरिवाना गरेको बताइएको छ।
महानगरले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम गरिरहेको छ। पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै महानगरले पछिल्लो समय यस्ता सामग्री हटाउने काम पनि गरिरहेको हो।
भारतीले महानगरपालिकाको ९ नम्बर वटामा फुटपाथमा घर निर्माण गर्दा उत्पादीत फोहोर राखेका थिए। सोही कारणले उनलाई महानगरले जरिवाना गरेको हो। त्यस्तै, मण्डलले सार्वजनिक स्थानमा फोहोर फालेका कारण उनलाई २ हजार रुपैयाँ जरिवाना गराइएको महानगरपालिकाले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।