• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

त्रिविका नवनिर्वाचित स्ववियु सभापति ओझाका के छन् विश्वविद्यालय सुधारका योजना?

64x64
नेपाल लाइभ बिहीबार, चैत ९, २०७९  २०:३३
1140x725

काठमाडौं- १४ वर्षपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरुमा स्ववियु निर्वाचन सम्पन्न भएको छ। उपत्यकाका ७ वटा आंगिक र उपत्यका बाहिरका केहीबाहेक सबै क्याम्पसले स्ववियु नेतृत्व पाएका छन्।

चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा इलोक्ट्रोनिक मतदान भयो। विभिन्न विद्यार्थी संगठनहरुले निर्वाचनमा भाग लिए। त्रिविमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा स्ववियु सभापतिमा निर्वाचित भए। 

२०६५ सालमा त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरबाट अनेरास्ववियु (क्रान्तिकारी)का हिमाल शर्माले निर्वाचन जितेका थिए। त्यसअघि २०६२ सालमा नेविसंघका भीम श्रीस विजयी भएको यस क्याम्पसमा १७ वर्षपछि नेविसंघ आफ्नो बिरासत फर्काउन सफल भएको छ।

विश्वविद्यालय सुधारमा के छन् चुनौती? 
नवनिर्वाचित स्ववियु सभापति ओझालाई विजयीको खुसीसँगै जिम्मेवारी र चुनौती पनि उत्तिकै देखिन्छ। उनी भन्छन्, ‘त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरले १४ वर्षपछि विद्यार्थीहरुको आवाज बुलन्द गर्ने संस्था स्ववियु पाएको छ। विश्वविद्यालयको थिति बसाल्ने र यसलाई सिस्टममा लैजानका लागि आवाज बुलन्द गर्ने ठाउँ पाएको छ।’

चैत ५ गते सम्पन्न भएको स्ववियु निर्वाचन, एउटा निर्वाचन मात्र नभई विद्यार्थीहरुको सिंगो आन्दोलन समेत भएको उनी बताउँछन्। ‘विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नीतिगत, संरचनागत, पाठ्यक्रमगत सुधारका लागि आफ्नो आवाज अगाडि सार्नुभएको हो। उहाँहरुलाई भरोसा लाग्ने, योग्य र सक्षम व्यक्तिलाई चुन्नुभएको छ,’ ओझा भन्छन्, ‘विश्वविद्यालय केही वर्षदेखि आफ्नो थितिभन्दा बाहिर छ। सिस्टमभन्दा बाहिर गएर काम गरिरहेको छ। त्यसैले म र मेरो टिम ‘सिस्टममा सुधार, गुणस्तरीय शिक्षाको मुख्य आधार’ भन्ने नारासहित अघि बढेका हौं।’

विश्वविद्यालयमा थिति बसाल्नका लागि यसको नीतिगत, संरचनागत कुराहरु सुधार्नु पर्ने उनले औंल्याए। विश्वविद्यालय ऐन-कानुनभन्दा बाहिर गएर चलिरहेको उनको ठम्याइ छ। भन्छन्, ‘स्ववियु निर्वाचन प्रत्येक दुई वर्षको अवधिमा हुनु पर्ने हो। १४ वर्षसम्म यसले आफ्नो लय सम्हाल्न सकेन। यसो नहुनु भनेको विश्वविद्यालय आफैंले ऐन-नियम नमानेको जस्तो देखिन्छ।’ 

यदि विश्वविद्यालय आफ्नो ऐन-नियम बमोजिम नचल्ने हो भने त्यहाँ निहित स्वार्थ समूहका व्यक्तिहरु हावी हुने उनको दाबी छ। जसका कारण विश्वविद्यालयको समग्र शैक्षिक अवस्था नै दुर्घटनामा जाने चिन्ता ओझाको छ। आफ्नो सबैभन्दा पहिलो काम विश्वविद्याालयलाई थितिमा ल्याउने भएको उनी बताउँछन्।

परीक्षा प्रणाली सुधार गर्नुपर्छ
त्रिविको परीक्षा प्रणाली सुधार गर्नु पनि अहिलेको मुख्य आवश्यकता रहेको उनले बताए। विद्यार्थी भर्नादेखि अध्ययन, अध्यापनसम्मको अभिलेख राख्नुपर्ने भन्दै ओझाले आफ्नो पहिले प्राथमिकता यसमै रहने बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

नवनिर्वाचित स्ववियु सभापति ओझाले परीक्षा नियन्त्रण कार्यालय बल्खुको सेवा झन्झटिलो भएको उल्लेख गर्दै त्यसलाई विकेन्दीकृत गर्नका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। त्रिवि अन्तर्गत ६२ वटा आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसका विद्यार्थीले शैक्षिक डकुमेन्टहरु बल्खुमार्फत मात्रै वितरण हुँदा दु:ख पाउने गरेको बताउँदै उनले यो सुविधा सात वटै प्रदेशबाट हुने गरी पहल कदमी गर्ने बताए। 

पाठ्यक्रम सुधारका लागि पहल
त्रिभुवन विश्वविद्यालयमा समयसापेक्ष पाठ्यक्रमको आवश्यकता रहेको सभापति ओझाले औंल्याएका छन्। साइन्सका विद्यार्थीले दिनदिनै पढ्ने सैद्धान्तिक विषयवस्तु प्राटिक्कल परीक्षासँग म्याच नहुने दाबी गर्दै सैद्धान्तिक र प्रयोगात्मक पाठ्यक्रम परिवर्तन हुनु पर्ने उनले बताए। त्यसका लागि विद्यार्थीहरुलाई विशेष अनुदानको व्यवस्थाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

यस्तै त्रिभुवन विश्वविद्यालयको परिसर सफा, सुन्दर र शान्त वातावरणको हुनुपर्ने भन्दै ओझाले विद्यार्थी बस्ने होस्टलको दुरावस्था रहेको बताए। उनले त्यसको सुधारको आवश्यकता औंल्याए। उनले पुस्तकालय समेत सबै विद्यार्थीहरुको पहुँचमा नभएको उल्लेख गर्दै उनले पुस्तकालयलाई डिजिटल प्रविधिमार्फत विद्यार्थीको पहुँचमा पुर्‍याउने प्रतिवद्धता गरे।

अप्रादर्शिता र राजनीतिक नियुक्ति अन्त्यको पहल
त्रिभुवन विश्वविद्यालय शैक्षिक धरोहरका रुपमा रहेको भए पनि यसभित्र विभिन्न खालका अप्रादर्शिता रहेको ओझाको दावी छ। विश्वविद्यालयले पछिल्लो समय विश्वसनीयता गुमाएको बताउँदै उनले विश्वविद्यालयबाट उत्पादित शैक्षिक जनशक्तिलाई बजारमा सहज रुपमा बिक्ने खालको बनाउने विश्वास व्यक्त गरे। 

Xtrem

Xtrem

उनले विश्वविद्यालयका भिसी, रेक्टर, रजिष्ट्रार, डिन र डिपार्ट हेडहरु राजनीतिक रुपमा नियुक्त हुने गरेको बताउँदै उनले यस्ता नियुक्तिहरु कार्ययोजनाका आधारमा गर्न पहल गर्ने बताए। सक्षम र योग्य व्यक्तिहरुलाई नियुक्तिमा प्राथमिकता दिनुपर्नेमा उनको जोड छ। 
(नवनिर्वाचित स्ववियु सभापति ओझासँग नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले कुराकानीमा आधारित।)

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित
सम्बन्धित सामग्री
कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय निर्देशनसहित १५ समिति गठन नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ। पार्टीको केन... शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अ... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती शनिबार, असोज १०, २०८३
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध शनिबार, असोज १०, २०८३
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित शनिबार, असोज १०, २०८३
डडेलधुरासहित ११ सहरमा भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्