काठमाडौं– सत्तारुढ गठबन्धनका प्रमुख चार पार्टीका दोस्रो तहका नेताहरूले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन छलफल प्रारम्भ गरेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाका दोस्रो तहका नेताहरूको बैठक बालुवाटार बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत, नेकपा एसका प्रमेश हमाल र जसपाका राजेन्द्र श्रेष्ठ सहभागी छन्।
सतारुढ यी चार दलका शीर्ष नेताहरूले बुधबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गरेका थिए।
छलफलमा प्रधानमन्त्री प्रचण्डलाई मन्त्रालय बाँडफाँटको प्रस्ताव तयार पारेर अर्को बैठकमा ल्याउन सुझाव दिइएको छ।
मन्त्रालयको बाँडफाँटसँगै सतारुढ दलहरूले न्यूनतम साझा कार्यक्रम पनि बनाउन गृहकार्य थालेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।