प्युठान– प्यूठानको झिमरुक गाउँपालिकाले क्रिकेटर प्रतिस जिसीलाई नगदसहित सम्मान गरेको छ।
१९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहेका जिसीलाई १ लाख रुपियाँ नगद पुरस्कारसहित गाउँपालिकाले सम्मान गरेको हो।
झिम्रुक गाउँपालिका-३ लामसेराका स्थायी बासिन्दा जिसीले हालै यूएईमा सम्पन्न आईसीसी यू-१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए।
क्रिकेट खेलमार्फत् प्यूठान जिल्ला र झिमरुक गाउँपालिकालाई विश्वसामू चिनाउन सफल भएको भन्दै गाउँपालिकाले नगदसहित सम्मान गरेको गाउँपालिका उपाअध्यक्ष प्रमोद पोखरेलले बताए।
जिसीलाई खेल क्षेत्रमा थप हौसला मिलोस् भनेर ब्याक्तिगत रुपमै उपाध्यक्ष प्रमोद पोख्रेल र अमेरिका बस्ने कुसराज पोख्रेलले ५०/५० हजार रुपियाँ प्रदान गरेका छन्।
क्रिकेटर जिसीले जन्मभूमिमा आफूलाई गरिएको सम्मानले थप ऊर्जा मिलेको प्रतिक्रिया दिए। आगामी दिनमा समेत उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन अहोरात्र खटिने उनको संकल्प छ।
जिल्ला खेलकुद बिकास समितीले समेत जिसीलाई सम्मान गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।