काठमाडौं– गुगलले पनि च्याट जीपीटी जस्तै आफ्नो बेग्लै एआई–पावर च्याटबोट ल्याएको छ। यसले आफ्नो नाम बार्ड राखेको छ।
बार्डको प्रतिस्पर्धी च्याट जीपीटी र माइक्रोसफ्ट च्याटबोट रहनेछन्। बुधबारबाट सुरु भएको यो खोज इन्जिनमा संसारका ८० प्रतिशत इन्टरनेट प्रयोगकर्ता प्रभावित हुने गुगलले दाबी गरेको छ। इन्टरनेट प्रयोगकर्ता करिब ८० प्रतिशतले गुगल प्रयोग गर्ने अध्ययनले देखाएको छ।
बार्डबारे गुगलले आफ्नो ब्लगमा भनेको छ,‘यसले क्षमता अभिवृद्धि तथा विचारहरू उतखनन् गर्ने काम गर्ने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।