काठमाडौं- राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले सरकार त्रिभुवन विश्वविद्यालयको सुधारमा गम्भीर नभएको आरोप लगायका छन्।
बुधबारको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारका लागि गरिएका प्रयासका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका विवरण सञ्चार माध्यमहरुमा निरन्तर आएको भए पनि सुधारका लागि सरकार गम्भीर नभएको बताए।
'उच्च शिक्षाको ८०/८५ प्रतिशत विद्यार्थी अध्ययनरत यस विश्वविद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान हो। त्रिभुवन विश्वविद्यालय लगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्ययोजना ल्याउन सरकार समक्ष जोडदार माग गर्दछु', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।