• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मुक्तिको एमबीबीएस सपना: १७ वर्षसम्मको अथक प्रयासले मिल्यो सफलता

कमला गुरुङ बुधबार, चैत ८, २०७९  ११:५६
1140x725

काठमाडौं- छात्रवृत्ति तर्फ एमबीबीएस अध्ययन गर्ने मुक्तिनाथ दाहालको सपना १७ वर्षपछि पूरा हुँदैछ। एमबीबीएस अध्ययनका लागि लगातार ४० पटकभन्दा बढी परीक्षा दिएका उनको हालै मात्र छात्रवृत्ति तर्फ नाम निस्किएको छ।

लगातार १७ वर्षको प्रयासपछि एमबीबीएसमा नाम निस्कनु उनको लागि सपनाभन्दा कम छैन। उनी भन्छन्, ‘सुरुको दिन त मलाई सपना देखेजस्तो नै भयो। एकदमै गुम्सिएको ठाउँबाट बाहिर निस्किएर सास फेरे जस्तो अनुभव भयो।’

उदयपुर घर भएका उनी काठमाडौंमै बस्दै आएका छन्। उनले काठमाडौंकै श्री नन्दी रात्रि माध्यमिक विद्यालयबाट २०६० सालमा एसएलसी दिएका हुन्। अमृत साइन्स क्याम्पसमा उनले आइएससी अध्ययन गरे। 

विद्यालयस्तरमा एउटा मात्र अंग्रेजी र सबै नेपाली पढ्नुपर्ने। तर साइन्स विषयको अध्ययन गर्दा सबै अंग्रेजी पढ्नुपर्ने भएकाले समस्या हुने गरेको उनी बताउँछन्। भाषामा समस्या भएपनि साइन्स पढ्न धेरै मिहेनत गर्नु परेको उनले बताए। 

चिकित्सक बन्ने उनको सानैदेखिको सपना भने होइन। न उनको परिवारबाट नै कुनै दबाब थियो। आर्थिक अभावमा हुर्केका उनले चिकित्सक बन्ने निधो आइएससी अध्ययनकै क्रममा गरेका हुन्। 

‘गरिबीमा हुर्केको मेरो बाल्यकाल। सरकारी स्कुलमा पढे। आइएससी पढ्दै गर्दा मैले एमबीबीएस पढ्ने देखेको सपना हो’ उनले भने। 

एमबीबीएस अध्ययन गर्ने निधो गरेका उनले तयारी गर्न थाले। एक/दुई वर्ष उनको तयारीमै बित्यो। त्यसपछि पहिलो पटक एमबीबीएस अध्ययनका लागि परीक्षा दिए। नाम निस्कने। दोस्रो पटक दिए। दोस्रा पटक पनि नाम निस्केन। तेस्रो पटकको परीक्षामा पनि उनले नाम निकाल्न सकेनन्। 

पटक पटकको प्रयासमा पनि नाम ननिस्कदा उनको आत्मविश्वास पक्कै पनि कम भयो। तर निराशा भने उनी कहिल्यै भएनन्। धेरै पटकको प्रयासमा नाम ननिस्कँदा उनलाई मानसिक रुपमा तनाव पनि नभएको होइन। प्रयासको गिन्तीसँगै उनको उमेर पनि बढ्दै थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उनीसँगका साथीहरु अध्ययनमा अघि बढिसकेका थिए। उनी एमबीबीएसकै लागि जुटिरहे। असफलताको गिन्ती जति बढे पनि एमबीबीएसमा नाम जसरी पनि निकाल्ने आफूले कसम नै खाएको उनी सुनाउँछन्। 

असफलताको सुरुवाती दिनलाई उनी यसरी सम्झिन्छन्, ‘एक/दुई वर्ष तयारी गर्नै लाग्यो। त्यसपछि एक पटक दुई पटक हुन थाल्यो। तर नामै निस्किँदैन। उमेर बढ्दै गइसकेपछि मान्छेको मन हो, फ्रस्टेसन पनि भयो मलाई। समय गएको पनि पत्तो भएन। तर नाम ननिकाली मर्दिनँ भनेर कसमै खाएको थिएँ।’

उमेरसँगै पाठ्यक्रम, समय र प्रतिस्पर्धा झनै गाह्रो हुँदै गएको उनी बताउँछन्। जीवनको १०/१५ वर्ष एमबीबीएसको तयारीमा खर्चिएका उनको लागि यो झनै चुनौतीपूर्ण बन्यो। यो अवस्थामा अन्य विषय रोजेर पढ्न पनि आफ्नो लागि विकल्प नभएको उनी बताउँछन्। 

सँगैका साथीभाईले पनि ‘अब सक्दैनौ छोड’ भन्थे भने कतिले जिस्काउँथे पनि। एउटै विषयका लागि वर्षौदेखि लागिरहँदा मानसिक र व्यावहारिक रुपमा समस्या आउने गरेको उनको अनुभव छ। 

Xtrem

Xtrem

असफलताले चोट पुगेको उनलाई आफ्नो नजरमा पनि उठ्नुपर्ने थियो। एमबीबीएसमा नाम निकालेपछि आफ्नो नजरबाट पनि उठ्न सकेको उनी बताउँछन्। 

‘यो वर्ष टेक्निकली क्याक गर्ने कोशिस गरे मैले। जे होस् यसपाली नाम निस्कयो। सफल भएँ। आफ्नो नजरबाट आफु उठेँ’ उनले भने। 

कुन रोगमा विशेषज्ञता हासिल गर्ने भन्ने विषयमा उनले अहिले निधो गरिसकेका छैनन्। एमबीबीएस अध्ययन गर्दै जाँदा कुन विषयमा बढी दख्खल गर्न सकिन्छ त्यही विषयमा एमडी गर्ने उनको योजना छ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ११:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्