• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
फोन रेकर्ड गर्ने विवादास्पद विधेयक अघि बढाउँदै सरकार सञ्चार मन्त्रालयले तयार पारेको मस्यौदा भन्छ– जुनसुकै व्यक्तिको पनि कुराकानी रेकर्ड गर्न सक्नेछ 
64x64
नेपाल लाइभ बिहीबार, चैत ९, २०७९  ०८:००
1140x725

काठमाडौं– सरकारले फेरि विवादास्पद विधेयक ल्याउने प्रक्रिया अघि बढाएको छ। दूरसञ्चार प्राधिकरणको मस्यौदामा सूचना प्रविधि तथा सञ्चार मन्त्रालय उक्त विधेकयलाई अन्तिम रुप दिइरहेको छ।

सरकारले ल्याउन लागेको विधेयकको मस्यौदाको दफा ७७, ७८, ७९ र ८० मा विवादास्पद व्यवस्था राखिएको छ। यसअघि २०७६ साउनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस्तै प्रकृतिको विधेयक ल्याउने प्रयास गरेका थिए।

उक्त विधेयकमाथि चौतर्फी विरोध भएपछि रोकिएको थियो। वर्तमान सरकारले पनि सामाजिक सञ्जाल, टेलिफोन र अन्य नागरिकको व्यक्तिगत कुराकानीसमेत रेकर्ड गर्नसक्ने गरी विधेयकको मस्यौदामा प्रस्ताव गरिएको छ।

२०७२ सालमै सर्वोच्च अदालतले व्यक्तिको गोपनीयता हनन् गर्नेगरी टेलिफोन रेकर्ड गर्ने वा एसएमएस लगायतका व्यक्तिको गोप्य कुरा हेर्न नमिल्ने फैसला गरेको थियो। सर्वोच्चले तत्कालीन समयमा व्यक्तिको गोपनीयताको हक हनन् गर्ने अधिकार राज्यलाई नहुने भएकाले अपराधको अनुसन्धानका लागि फोन रेकर्ड गर्न पनि अदालतको अनुमति लिनुपर्ने भनेको थियो।

तर, सरकारले पटक–पटक सिधै व्यक्तिको सूचनामा पहुँच बनाउनका लागि कानुन बनाउने प्रयास गर्दै आएको छ। पछिल्लो पटक दूरसञ्चार प्राधिकरण हुँदै सञ्चार मन्त्रालयमा तयार भएको मस्यौदामा पनि यस्तो व्यवस्था प्रस्ताव गरिएको छ।

विधेयकलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ भने पारित हुन बाँकी रहेको छ। सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिपछि विधेयकलाई अन्तिम रुप दिइरहेको छ। मन्त्रालयले त्यसलाई कानुनी प्रारुपमा तयार गरेर मन्त्रिपरिषद्‌मा पेस गर्ने छ। 

मन्त्रिपरिषद्ले त्यसलाई पारित गरेपछि संघीय संसद् सचिवालयमा दर्ता हुने छ। संघीय संसद् सचिवालयमा दर्ता भएपछि मात्र उक्त विधेयक सार्वजनिक अध्ययन प्रयोजनका लागि खुला हुनेछ। 

सिधै व्यक्तिको सूचनामा हात हाल्ने प्रयास 
सरकारले निर्माण गरेको विधेयकको मस्यौदामध्ये दफा ७७ आपत्तिजनक र यसले व्यक्तिको सूचनामा सोझौ पहुँच पुर्‍याउने देखिन्छ। मस्यौदा विधेयकको दफा ७७ मा ‘नेपालको सार्वभौमसत्ता,अखण्डता एवं राष्ट्रिय हीत विपरीत तथा राज्यद्रोह, अपराध वा संगठित अपराध वा फौजदारी अपराध लगायतको क्रियाकलाप गरेको विषयमा नेपाल सरकारको अधिकार प्राप्त अनुसन्धान गर्ने निकायले जुनसुकै व्यक्तिको पनि कुराकानी रेकर्ड गर्ने लगायतका पहिचान खुल्ने तथा सेवा सम्बन्धी अन्य विवरणहरू अनुसन्धानका लागि सेवाप्रदायकहरूबाट प्राप्त गर्न सक्ने छ’ भनिएको छ। 

Ncell 2
Ncell 2

उक्त ऐनमा भएको जुनसुकै व्यक्तिको कुराकानी रेकर्ड गर्ने भन्ने शब्दले सबैको गोपनीयता हनन् हुने देखिन्छ। त्यस्तै मस्यौदा विधेयकको दफा ७९ पनि समस्याग्रस्त देखिन्छ। दफा ७९ मा को १ मा ‘कुनै व्यक्तिले कुनै अपराध गर्न टेलिफोन, मोबाइल फोन वा अन्य कुनै प्रकारको दूरसञ्चारमाध्यमको प्रयोग गरिरहेको वा गर्न लगाएको वा विद्युतीय वा अन्य कुनै सञ्चारमाध्यमबाट कुनै प्रकारको सूचना आदान–प्रदान गरिरहेको छ भनि विश्वास गर्नुपर्ने मनासिब कारण भए त्यस्तो अपराधको अनुसन्धान गर्ने अधिकारीले मुद्दा हेर्ने अधिकारीको अनुमति लिई त्यस्तो टेलिफोन, मोबाइल फोन वा सञ्चारमाध्यम निष्क्रिय गर्न वा फोन वा सञ्चार सम्पर्क नहुने व्यवस्था गर्न सम्बन्धित निकाय, अधिकारी वा सेवा प्रदायकलाई आदेश दिन सक्नेछ’, भनिएको छ। 

telophone tapine1679464995.jpg

सरकारी अधिकारी वा अनुसन्धान अधिकृतले चाहेमा जो कसैको पनि टेलिफोनलाई, मोबाइल वा सञ्चार माध्यम पनि निष्क्रिय पार्न सक्ने अधिकार यो दफाले दिने छ। त्यस्तै दफा ८० मा पनि यसलाई सहयोग गर्ने व्यवस्था राखिएको छ।

दफा ८० को १ मा ‘कुनै व्यक्तिले कुनै अपराध गर्न टेलिफोन, मोबाइल फोन वा अन्य कुनै प्रकारको दूरसञ्चार माध्यमको प्रयोग गरेको वा विद्युतीय वा अन्य कुनै सञ्चार माध्यमबाट कुनै प्रकारको सूचना आदान–प्रदान गरेको पाइएमा त्यस्तो अपराधको अनुसन्धान गर्ने अधिकारीले मुद्दा हेर्न अधिकारको अनुमति लिई त्यस्तो टेलिफोन, मोबाइल फोन वा दूरसञ्चार माध्यम वा सोबाट भएको दूरसञ्चार सम्बन्धी विवरण वा सूचना उपलब्ध गराइदिन सम्बन्धित अधिकारी, निकाय वा सेवा प्रदायकलाई आदेश दिन सक्ने छ’, भनिएको छ। 

उपदफा २ मा त्यस्तो सूचना उपलब्ध गराउनुपर्ने भनिएको छ। यसले कसैलाई कुनै व्यक्तिमाथि शंका लागेकै भरमा फोन ट्रयापिङ गर्ने तथा दु:ख दिनसक्ने देखिन्छ। तत्कालीन समयमा अख्तियारका प्रमुख रहेका लोकमान सिंह कार्कीले अनधिकृत रुपमा अख्तियारमै डिभाइस राखेर व्यक्तिको फोन ट्रयापिङ गरेका थिए।

त्यस्तै, सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा अनुसन्धान गर्न प्रहरीले एसएमएसको विवरण लिएको थियो। उक्त विवरण लिक भएर सार्वजनिक भएपछि सर्वोच्चमा दायर भएको रिटमा अदालतले रोक लगाएको थियो। सरकारी अधिकारीले तजबिजमा कुराकानीको अभिलेख हेर्न वा रेकर्ड गर्न नपाउने व्याख्या गर्दै अदालतले यसलाई गोपनीयताको हक भनेको थियो।

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको इजलासले अदालतको आदेशबिना कल डिटेल माग्ने र दिने दुवै पक्षलाई अधिकार नहुने भनेको थियो। त्यसअघि प्रहरीले आफू अनुकूल गर्ने गर्दै आएको थियो। यही कुरालाई मध्यनजर गर्दै अदालतले रोक लगाएकाले सरकारले कानुन बनाएर पुन: नागरिकमाथि निगरानी गर्ने प्रयास पटक–पटक गर्दै आएको छ। पछिल्लो पटक पनि सरकारले यही प्रयोजनका लागि उक्त विधेयक मस्यौदा गरेको देखिन्छ।

सरकारले ल्याएको उक्त विधेयकमा विरोध पनि सुरु भएको छ। सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधेयक अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको बताए।

‘लोकतन्त्रमा यो वा त्यो बाहनामा नितान्त व्यक्तिगत फोन ट्रयाप गर्ने कार्य स्वीकार्य छैन। विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ,’ उनले भनेका छन्,  ‘राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतकोसमेत ध्यान जाओस्।’

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे म तयार छु : माधव नेपाल
एनपीएल रोक्न मेरो कुनै संलग्नता छैन, नियमानुसार आयोजक संस्थाबाटै सञ्चालन हुन्छ : मन्त्री चौधरी
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरलल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब
सम्बन्धित सामग्री
मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे म तयार छु : माधव नेपाल शुक्रबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि... शुक्रबार, असार २७, २०८२
कांग्रेसमा देश र जनताका लागि काम गर्ने नेता, कार्यकर्ता पाउन मुस्किल : सभापति देउवा बागलुङका संस्थापक नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३ औं दिनको श्रद्धाञ्जली सभामा पुगेका देउवाले कँडेलको जस्तो त्याग र निष... शुक्रबार, असार २७, २०८२
बाबुरामले अघि सारे माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा (बुँदासहित) शुक्रबार सामाजिक सञ्जालमा एउटा लामो सन्देश साझा गर्दै माओवादी आन्दोलनका नेता समेत रहेका डा. भट्टराईले नेताहरू विभाजित भएकोले माओवादी... शुक्रबार, असार २७, २०८२
ताजा समाचारसबै
मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे म तयार छु : माधव नेपाल शुक्रबार, असार २७, २०८२
एनपीएल रोक्न मेरो कुनै संलग्नता छैन, नियमानुसार आयोजक संस्थाबाटै सञ्चालन हुन्छ : मन्त्री चौधरी शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरलल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
कांग्रेसमा देश र जनताका लागि काम गर्ने नेता, कार्यकर्ता पाउन मुस्किल : सभापति देउवा शुक्रबार, असार २७, २०८२
बाबुरामले अघि सारे माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा (बुँदासहित) शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्