काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा सांसद शेखर कोइरालाले व्यक्तिगत फोन रेकर्ड गर्नेगरी सरकारले ल्याउन लागेको व्यवस्थाको विरोध गरेका छन्।
सरकारले दूरसञ्चार ऐन संशोधनका लागि तयार पारेको विधेयकमा व्यक्तिको मोबाइलमा सिधै पहुँच राखेर रेकर्ड गर्न सकिने व्यवस्था गरिएको छ।
सोही प्रावधानप्रति असहमित राख्दै सरकारको नियतमाथि प्रश्न उठेको डा कोइरालाले बताएका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै भनेका छन्, ‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन। विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ।’
डा कोइरालालले राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यानार्षण गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।