काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा नेपाल विद्यार्थी संघले हालसम्म ११२ वटा क्याम्पसमा जित हासिल गरेको छ। नेविसंघले त्रिवि केन्द्रीय क्याम्पससहित ११२ क्याम्पसमा विजयी हासिल गरेको हो।
केही क्याम्पसहरुको अन्तिम नतिजा अझै आउन बाँकी रहेको बताउँदै नेविसंघले थप केही क्याम्पसहरुको नतिजा सार्वजनिक भएपछि अन्तिम नतिजा प्रकाशन गर्ने जनाएको छ।
त्रिवि अन्तर्गत रहेका आंगिक तथा सम्बद्ध प्राप्त क्याम्पसहरुमा गत ५ गते स्ववियु निर्वाचन भएको थियो। बुधबार भने सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ।
नेविसंघले जितेका क्याम्पसहरुको सूची हेर्नुहोस्



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।